विद्युत्त नहुँदा धादिङको खाल्टेमा खानेपानीको अभाव

551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ, – धादिङ जिल्लाकै एक मात्र होमस्टेको रुपमा चर्चित मानिने धादिङको खाल्टे गाउँ विकास समिति बडा नं १ बासिन्दाहरुले खानेपानीको उपभोग गर्नवाट बन्चित भएका छन् ।

imagesविगत १० दिन देखि थ्री फेज लाइन नहुँदा खाल्टे गाविसका ९० घरधुरीमा यस्तो समस्या भएको हो । दुई किलोमिटर तलको धाराखोलाको मुलबाट गाउँमा खानेपानी ल्याउनको लागि विद्यूत्तीय लिफ्ट प्रविधिको प्रयोग गरिए पनि थ्री फेज बत्ती नहँुदा पानी तान्न नसकेर गाउ भरिकै मानिसहरु खानीपानी उपभोग गर्नवाट बञ्चित भएका हुन ।

लिफ्टले तानेको पानी गाउँका बीच बीचमा धाराहरु बनाएर गाउँलेहरुले उपभोग गर्दे आएका थिए तर अहिले पानी लिनको लागि २ घण्टा हिडेर गाउँवाट तल झर्नुपर्नै स्थानिय चमेली गुरुङ बताउनु हुन्छ । विद्युत प्राधिकरणलाई गाउँमा भएको समस्यावारे पटक पटक जानकारी गराउदा पनि बेवास्था गरेको र विद्युत लाइन मर्मतमा चासो नदेखाएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । यसै गरी विद्युत सेवा सुचारु हुन नसक्दा पानी तान्न नपाएर पात्लेमा रहेको शंखादेवी उच्च माविका विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।

गाउँमा खानेपानीको हाहाकार भए पछि सरकारी कार्यालयका दैनिक कामकाज पनि प्रभावित भएको र गाई बस्तुृलाई पनि पानी खुवाउन समस्या परेको पात्लेका स्थानिय शेर बहादुर गुरुङले बताउनु भयो । जिल्लाका सदरमुकाम धादिङवेशी, सल्यानटार, मुरलीभन्ज्याङ लगायतका ठाउहरुमा विगत लामो समय देखि विद्युत सेवा पटक पटक अवरुद्ध हुदै आएपनि विद्युत प्राधिकरण धादिङ शाखाले त्यसको समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन ।