महाभुकम्पमा परेर धादिङमा ज्यान गुमाउनेको संख्या ६ सय ५१ पुग्यो

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11182034_1089904144369450_2263474977967599558_nबैशाख १२ गतेको महाभुकम्पमा परेर धादिङमा ज्यान गुमाउनेको संख्या ६ सय ५१ पुगेको छ । ५ सय ९१ जनाको जिवितै उद्धार गरी उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कायार्नलय धादिङका अनुसार उद्धार कार्यमा सहयोग पु¥याउन रसिया र कोरियाको बिशेष टोली सदरमुकाम धादिङबेसी आईपुगेको छ । विदेशी उद्धार टोलीले बिशेष गरी भुकम्पले चर्काएर जोखिमवनाएको घरहरु भत्काई त्यहां भित्र रहेको सर सामान सुरक्षित ढंगवाट वाहिर निकाल्न सहयोग पु¥याउने छ ।
यसै गरी शुक्रवार सांझ सम्म जिल्लाको बुढाथुम गाविस वाहेक अन्य ४५ गाविस र एक नगरपालिकामा प्रारम्भिक चरणको राहत सामाग्री पठाई सकिएको राहत वितरण व्यवस्थापन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तोरणप्रसाद पराजुलीले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।