रेडक्रस लोगो अंकित त्रिपाल विक्रीे पछिे धादिङबेसीमा विवाद

3402 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ २०,बैशाख  -नेपाल रेडक्रस सोसाइटीको लोगो अंकित त्रिपाल बजारमा विक्री बितरण भएको भेटे पछि अहिले धादिङबेसीमा विवाद उत्पन्न भएको छ ।
11207720_454828151344598_416101431_o 11211844_454828198011260_1179975952_oलोगो अंकित त्रिपाल बजारमा विक्री  भएको  खबर आउन थाले पछि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको एक टोलीले अनुगमान गर्दा नीलो रङगको रेडक्रसको लोगो सहितको त्रिपाल बजारमा भेटिएको हो । बजारमा बिक्री गरेको त्रिपाल नेपाल रेडक्रसको नभई कुनै एजेन्सिले ब्यक्तिगत हिसावले बजारमा बिक्री गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका मन्त्री कृष्ण कुमार श्रेष्ठले बताए । महाभूकम्पले देश भर क्षति बनाई रहेको बेलामा राहत वितरणमा सहयोग गर्ने जिम्मेवारी संस्थाको लोगो राखि नक्कली सामग्रीको वितरण गरी बदनाम गरेको प्रति दुःख ब्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाइटी अंकित चिन्ह सहितको लोगो राखि बजारमा कुनै पनि सामग्रीहरु बिक्री गर्न नपाइने उहाँको भनाई रहेको छ । केही दिन अगाडि निलकण्ठ नगरपालिका वडा नं ८ बस्ने सुरेश कुमार श्रेष्ठले फत्तजु ईन्डष्ट्रिज प्रा लि कोटेश्वर काठमाण्डौंका प्रोपाइटर धु्रब श्रेष्ठको पसलबाट २० वटा त्रिपाल ल्याई बजारमा बिक्री वितरण गर्नु भएको थियो । १२ गते गएको महाभूकम्पले नलिकण्ठ नगरपालिका ८ का पुरै घर क्षति भएपछि स्थानिय बासिन्दाहरुले त्रिपालको माग गरेको र आफुले काठमाण्डौबाट ल्याई बिक्री वितरण गरेको हो । श्रेष्ठले बजारमा बिक्री बितरण गर्दै आउनु भएको त्रिपाल नेपाल रेडक्रस सोसाइटीको लोगो आकार मात्र अंकित भएको र असली लोगो सेतो पृष्ठ भूमिमा रातो क्रस चिन्ह अंकित नभएको नेपाल रेडक्रस सोसाइटीका मन्त्री कृष्ण कुमार श्रेष्ठले बताए । उता स्थानिय बासिन्दाहरुले भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले त्रिपाल विक्री वितरण गरेको आरोप लगाएका छन् । भुकम्पले क्षति बनाएको ८ दिन वितिसक्दा पनि राज्यले अहिले सम्म त्रिपाल उपलब्ध गराउन नसकेको बन्दै स्थानिय बासिन्दाहरु आकोसित भएका छन् ।