धादिङमा मृतकको संख्या ६ सय ८० पुग्यो

474 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1932197_10153774197473998_403496231098812809_nधादिङ, २१ वैशाख – बैशाख १२ गते  शनिबार गएकोे महाभूकम्पमा परि धादिङमा  मृत्यु हुनेको संख्या  ६ सय ८०  पुगेको छ । वैशाख १२ गते मध्यन्नमा गएको भूकम्पमा परि जिल्लाका ४६ गाविस मध्ये ३७ गाविस र एक नगरपालिकाम मृत्यु हुनेको संख्या ६ सय ८०  पुगेको पुगेको हो ।भुकम्पबाट गम्भिर घाईतेहरनेहरुको संख्या बैशाख २० गते सांझ सम्ममा ६ सय २७ जना पुगेको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो । धादिङ जिल्ला घर भई अन्यत्र बसेका र उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भएकाहरुको विवरण संकलन गर्ने कार्य भईरहेको प्रहरी नायव उपरिक्षक  मल्लले बताउनु भयो ।