फिल्म ‘राहदानी’को निर्माण पक्षले दियो छत्रेदेउरालीमा चामल

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Rahadaniछत्रेदेउराली– फिल्म ‘राहदानी’को निर्माण पक्षले सोमबार धादिङ छत्रेदेउराली–८ र ९ का एक सयभन्दा बढी भूकम्प पीडित परिवारलाई राहत स्वरूप ३० क्विन्टल चामल वितरण गरेको छ । फिल्मले प्रति परिवार एक बोराका दरले चामल वितरण गरेको हो ।
फिल्मका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले यसअघि उक्त क्षेत्रमा ‘ड्राइ फुड’ मात्र पुगेकाले आपूmहरूले ३० क्विन्टल चामल वितरण गरेको बताए । उनका अनुसार निर्माण सहयोगी क्षमता ढकाल (बेलायत), ममता ढकाल (अमेरिका)को सहयोगमा राहत प्रदान गरिएको हो ।
फिल्मका तर्पmबाट निर्माताहरू चण्डी श्रेष्ठ, सुष्मा ढकाल, कृष्णचन्द्र झा, लेखक र निर्देशक डब्बु क्षत्री, एनिमेटर सुलभ ढकाल, कलाकार नविन लंसाल, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विधा कार्की, दिनेश दुलाल तथा हेमा मानन्धरले छत्रेदेउराली पुगेर राहत वितरण गरेका हुन् ।
ती दुई वडामा भूकम्पमा परेर पाँच जनाले ज्यान गुमाएको, एक सयभन्दा बढी घर भत्किएको र करिब ३५ जना घाइते भएकाले सो क्षेत्रमा रहत वितरण गरिएको निर्देशक क्षत्रीले बताए । फिल्म जेठ २९ मा रिलिज हुँदै छ ।