कुम्पुर ३ र ४ का भूकम्प प्रभावितहरुलाई सहयोगः

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_7048कुम्पुर – महाभूकम्प वाट प्रभावित भएका धादिड. जिल्ला कुंपुर गाविस वडा नंं. ३ र ४ का वासिन्दाहरुलाई चामल ३००० के.जी., कालो दाल १०० के.जी., मुसुरो १०० के.जी., चिनी १०० के.जी., तेल १०० लिटर र नुन १०० के.जी. वितरण गरिएको छ । समग्र विकास सेवा केन्द्रले कुंपुर गाविसका अकला सामाजिक परिवार, महांकाली सामाजिक परिवार, वराह देवी सामाजिक परिवार, वाघ वच्छला सामाजिक परिवार र भुमेस्थान सामाजिक परिवार तथा आसपासका वासिन्दाहरुको लागि सो सहयोग वितरण गरेको हो । सहयोग वितरण कार्यक्रममा समग्रका कार्यक्रम अधिकृत अमर अधिकारी, धादिड. संयोजक कवि पुडासैनी, नौविसेका समाजसेवी खडानन्द कोइराला, स्थानीय नागरिक समाजका प्रतिनीधिहरु तथा समग्रका स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो । २०७२ साल वैशाख १२ गते शनिवार गएको महाभूकम्पवाट कुंपुरका अधिकांश घर तथा गोठहरु भत्किएर खण्डहर वनेका छन् । घर तथा गोठहरु भत्कीएपछि अधिकांश वासिन्दाहरु पाल, गोठ तथा टहराहरुमा वस्न वाध्य भएका छन् । हालसम्म सरकारी राहत पाउन नसकिएको त्यस स्थानका वासिन्दाहरुको गुनासो रहेको छ ।