जिल्लामा संक्रमण फैलने अवस्था छैन

627 पटक पढिएको

सम्पादक: Dhading News

11110975_10204102664477399_5784337308337834762_nधादिङ,- भुकम्पमा परेर धादिङ जिल्लामा तीन हजार ९ सय ५ जना घाईते भएका छन भने सात सय चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भुकम्प पछि जिल्लाको ५२ वटा स्वास्थ्य संस्थामा उपचार गराईएका घाईतेहरुको बिबरण सार्वजनिक गर्दै जिल्ला स्वास्थ्य कार्यालयले धादिङ जिल्ला भित्र तीन हजार ९ सय पांच जनाको उपचार भएको जनाएको हो । जिल्ला अस्पताल धादिङबेसीमा मात्रै ६ सय ५२ जनाको उपचार गरिएको छ । बैशाख १२ गतेको महाविनाशकारी भुकम्पले जिल्ला स्वास्थ्य कार्यालय अन्र्तगत मार्पाक स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रामकुमारी अधिकारीको घरले च्यापिएर मृत्यु भएको छ भने अन्य तीन जना कर्मचारी घाईते अवस्थामा रहेको धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्लले जानकारी दिनु भयो ।
यसै गरी भुकम्पका कारण जिल्लाको २८ वटा हेल्थ पोष्ट र सल्यानटार स्थित प्राथमिक स्वास्थ्य केन्द्र कामै नलाग्ने अवस्थामा पुगेको छ भने २४ वटा स्वास्थ्य संस्थाबाट पुरानै भवनमा राखी सेवा सुचारु ग्रिएपनि भवनको अवस्था जोखिमपूर्ण रहेको पनि मल्लले वताउनु भयो ।
विपदपछि थप स्वास्थ्य समस्या आउन सक्ने तर्फ जिल्ला स्वास्थ्य कार्यालयले गाउं गाउंमा आकस्मिक स्वास्थ्य शिविर संचालन गर्नुका साथै आकस्मिक शिविर संचालनका लागि २९ जना स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाउं गाउंमा महामारी फैलन सक्ने तर्फ सचेत रहंदै सम्भावित स्थानहरुमा आकस्मिक स्वास्थ्य शिविर संचालन गर्दा त्यहांका विरामीमा खानेपानीको कारण देखिने स्वास्थ्य समस्याका साथै ज्वरो आउने, टाउको दुख्ने,रुघा लाग्ने समस्या देखिएपनि संक्रमणको अवस्था नरहे पनि उत्तरी क्षेत्रमा केही स्थानमा लगाउने तगा ओढ्ने कपडा नभएका कारण चिसोले वालवालिका र बृद्धबृद्धामा निमोनियाको समस्या देखिएकाले ति ठाउंहरुमा कम्वलको व्यवस्था गरिनुपर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक मल्लले वताउनु भएको छ ।