एक लाखमा भूकम्प प्रतिरोधी घर बनाउने महासंघको प्रस्ताव

1484 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङ,  – नेपाल उद्योग वाणिज्य महासंघले एक लाख रुपैयाँमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष कुशकुमार जोशी सहितको टोली धादिङ सदरमुकम आएर यस्तो प्रस्ताव गरेको हो ।

गाउँमै पाइने बाँस, ढुंगा, माटोबाट भूकम्प प्रतिरोधी घर बनाउन सकिने र यसका लागि घरवाला आफैले स्थानीय सामाग्री खोजेर काम गरेमा एक लाख रुपैयाँमा घर बनाउन सकिने महासंघका पूर्वअध्यक्ष जोशीले बताउनुभयो ।

सबै काम अरु मानिसलाई लगाउँदा चार लाख रुपैयाँ पर्ने र आफैले काम गर्दा एक लाखमा बन्ने र्भकोले यस्तो कार्यमा सरकारसँग मिलेर काम गर्ने उद्योग वाणिज्य महासंघको प्रस्ताव छ । जिल्ला सदरमुकाम आइपुगेको महासंघको टोलीले सरकारको उपयुक्त निति र साझेदारीमा काम गर्ने योजना भएमा आफूहरु पनि काम गर्न इच्छुक रहेको बताएको हो ।

भूकम्प प्रतिरोधी घर निर्माण गर्ने र पेशा व्यवसायबाट पन्छिएकाहरुलाई तुरुन्त आफ्नो व्यवसायमा फर्कने वातावरण बनाउन लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको महासंघका कार्यबहाक अध्यक्ष मुरारकाले बताउनुभयो उज्यालो अनलाइनले खबर लेखेको छ ।