हिउँपहिरोबाट लाङटाङ क्षेत्रमा वस्ती स्थानान्तरण

447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

a321c5d720ca90fa0291d84fec599bb9_Lरसुवा- लाङटाङ क्षेत्रमा हिउँपहिरो भारी मात्राले चल्न थालेपछि सबै गाउँबासीलाई स्थानान्तरण गर्ने कार्य अगाडि बढेको छ ।

जिल्ला दैवी प्रकोप विपत् व्यवस्थापन समितिका अनुसार हिउँपहिरोले लाङटाङ गाउँ पुरिसकेको र सात हजार २०० मिटरभन्दा माथि हिमालबाट सानो–ठूलो हिउँ पहिरो बारम्बार झरेको र सदियौँदेखि ढिक्का भएर बसेका हिउँका पहाड खस्ने सम्भावनालाई दृष्टिगत गरी लाङटाङको क्यान्जेनमा एकत्रित गराइएका स्थानीयबासीलाई सुरक्षित ठाउँमा हेलिकोप्टरबाट सार्ने काम अघि बढाइएको छ ।

आज १५ जनालाई धुन्चे ल्याइएपनि प्रतिकूल मौसमका कारण भोलिमात्र उद्धार सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । स्थानीयका अनुसार हिउँपहिरोले करिब १८३ जनालाई पुरेको र बाँकी रहेका करिब ३०० जनाले सुरक्षित ठाउँको खोजी गर्दै अन्यत्र जान लागेका हुन् ।

तेस्रो पर्यटकीय गन्तव्यका रूपमा हजारौँ पर्यटकले खचाखच हुने सो क्षेत्र भोलिदेखि सुनसान हुने बताइएको छ । उद्धारका लागि नेपाली सेना र भारतीय वायुसेनाको दुई हेलिकोप्टर परिचालन हुने नारायण दल गणले जनाएको छ ।

हराएका व्यक्तिको खोजीमा गएका महावीर गण (रेञ्जर) का उद्धार टोली पनि हिउँपहिरोले बाधा पु¥याएपछि उद्धार कार्यमा कठिनाइ भइरहेका कारण गाउँलेको उद्धार सम्पन्न भएपछि सो उद्धार टोली फर्कने जनाएको छ । रासस