पहुँच नभएका नागरिकलाई राहत कठिन

347 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_03052015_124207राहतमा राजनीतिक विभेद गरिएको आरोप सर्वसाधारणले लगाएका छन् । धादिङमा   मात्रै नभई काठमाडौं,सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर तथा समेत पहुँचवालाले मात्रै राहत पाएको गुनासो सर्वसाधारणले गरेका छन् ।  राजनीतिक पहुँच नभएकै कारण हालसम्म राहत पाउन सर्वसाधारणले गुनासो गरेका छन ।  भूकम्प प्रभावित क्षेत्रका हजारांै मानिसहरु जसको राजनीतिक पहुँच छैन, उनीहरुले अझै राहत पाउन नसकेको देखिएको छ । राहत वितरणको लागि सरकारले स्थानीय राजनीतिक संयन्त्र परिचालन गरेकोले पनि राजनीतिक आस्था नभएकाहरुको लागि राहत पाउने बाटो फेला पार्नै मुस्किल पर्ने गरेको छ । सरकारले वितरण गर्ने राहत प्रभावकारी हुन नसक्दा  धेरै स्थानमा राहत पाउनै मुस्किलको अवस्था आएको पीडितहरुले बताएका छन् । स्थानीय निकायसँगको समन्वयको अभाव, केही थान राहत सामग्री वितरण गरेको फोटो देखाएर संकलित रकम पचाउने उद्देश्यका कारण कुनै ठाउँमा राहतको थुप्रो त कतिपय स्थानमा देख्नै नपाउने अवस्था आएको छ ।

शनिवार बैरेनी गाविसको वडा नम्बर ९ का लागि महेशफाँटमा बितरण गरिएको राहत लिनका लागि एकै घरका सात जना सम्म लाईनमा लागेका थिए । यसै गरी कुम्पुर गाविसको गजुरीटारकी पण्डित थरकी एक महिलाले पनि आंफु बैरेनी ९ कै वासिन्दा भएको भन्दै राहत बुझेकी थिईन । भुकम्प पिडितहरुको बिबरण संकलनका लागि खटिएका स्थानीय शिक्षकहरुले वास्तविक पिडितहरुको भन्दा आफन्तहरुको नाम पिडितको सुचिमा राखेका कारण वाहिरी गाविसबाट आएर राहत लिन सम्भव भएको हो ।
यसै गरी सोहि दिन आचार्य थरका एक व्यक्तिले सात जनाको राहत बुझेका थिए । राहत लिनका लागि सम्वन्धित व्यक्ति वितरण स्थलमा आउनु पर्ने प्रावधान भएपनि उनले भने आफ्नो घरका सबै सदस्यहरुको नाम दर्ता गरेर फरक फरक व्यक्तिलाई राहत बुझ्न पठाएका थिए । राहत पाउने सुचिमा नाम भएका व्यक्तिहरु भने लामो समय देखि गाउँ छाडेर काठमाण्र्डौ र पोखरामा वसोवास गर्दै आईरहेकाहरु थिए । एकै परिवारका सात जना सम्मले राहत बुझेपछि जिल्ला दैवि प्रकोप उद्धार समन्वय समितिबाट अनुमति लिएर बैरेनीमा राहत बितरणका लागि पुगेको सहयोगी संस्था सेभ द चिल्ड्रेनको टोली धेरैजनालाई राहत दिन नसकेर फर्कनु परेको थियो ।