फूलखर्कमा भुकम्प प्रभावितहरुलाई सहयोग वितरणः
495 पटक पढिएको

फूलखर्कः वैशाख २६ र २७ गते फूलखर्कमा भुकम्प प्रभावितहरुलाई राहत सहयोग वितरण भएको छ । सहास नेपाल र केयर नेपालको सहयोगमा वितरण गरिएको सहयोगमा प्रतिघर चामल ३० केजी, दाल ३ केजी, नुन २ केजी, नुहाउने सावुन ३ वटा, चिनी १ केजी, लुगा धुने सावुन ४ वटा र त्रिपाल नपाएकाहरुका लागि त्रिपाल रहेका छन् । फूलखर्क गाविसका ९ वटै वडाका ९९६ घरधुरीले सो राहत सामग्री पाएको सहास नेपालका हरेराम लोहनीले वताउनु भयो । यस अघि फूलखर्कमा सरकारले प्रति परिवार रु ७ हजारका दरले नगद राहत वितरण गरेको थियो ।