रातैभर भुकम्पको धक्काले जन जिवन त्रसित

442 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal_quake_942547721_949122254धादिङवेसी- पटक पटकको धक्काले जनजिवन त्रसित बनिरहेको बेला बुधवार विहान ३.१५ वजे तिर ठुलो कम्पन सहित भुकम्प आएपछि धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी र जिल्लाभरको जनजिवन तथा आतंकति बन्न पुगेका छन । मंगलवार दिउंसोको भुकम्पले घर छाडेर सडकमा आएका मानिसहरु रातैभरी पटक पटक भुकम्पको धक्काले भयभित हुन पुगेका थिए । मंगलबार राति २ पटक भूकम्पका धक्का गएका छन् ।राती २.१० मा काठमाडौं केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ। त्यसैगरी राती ३.१५ मा भरतपुर केन्द्र भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ।

वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि काठमाडौंलाई केन्द्र बनाएर पहिलोपटक भूकम्प गएको हो । मंगलबार दिउँसो गएको ठूलो भूकम्पको केन्द्र दोलखाको सुनखानी थियो । सडक र खुल्ला स्थानमा बसेकाहरु पनि भुकम्पको कम्पन पछि भागदौड गर्दा सामान्य घाउ चोट लागेपनि थप अप्रिय खबर भने सुन्नु परेको छैन । रातीको समयमा भुकम्प आएकाले मानिसहरु झनै त्रसित हुन पुगेका छन ।