तीन वडाका सबैलाई निजी खर्चमा राहत
714 पटक पढिएको

आगिञ्चोक–प्रलयकारी महाभुकम्पले बस्तिनै सखाप पारेपछि वैदेशिक रोजगारी तथा अन्य कार्यका लागि विदेश पुगेको परिवारका सदस्यहरुले परिवारलाई मात्रै होइन गाउं वस्तिका लागि राहत जुटाउन थालेका छन ।
धादिङको आगिञ्चोक गाविसमा जन्मिएर हाल अमेरिका बस्दै आईरहेका दिवाकर पाण्डेले चार लाख ७० हजार रुपैया खर्च गरी गाविसको १ देखि ३ नम्बर वडाका सबै घर परिवारलाई पुग्ने गरी एक एक वोरा, चामल, एक किलोको दरले चिनी, नुन , एक लिटर तेल सहयोग गर्नु भएको स्थानीयले जानकारी दिएका छन ।