सामूहिक रूपमा घर निर्माण गर्दै

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading(3)धादिङ, -भूकम्पले गाउँका सबै घर क्षतिग्रस्त भएपछि कुम्पुरको परेवाटार गाउँबासी सामूहिक घर निर्माणमा जुटेका छन् ।

छ परिवारका लागि एउटै टहरो निर्माण गरी आफूहरू बस्न मिल्ने बनाएपछि छिमेकीको आवास निर्माणमा लागिपरेको परेवाटारकी चमेली मगरले बताउनुभयो । बाँस र काठ प्रयोग गरी टहरो निर्माण गरिएको हो । एक÷दुई त्रिपाल पाउनेले सोही त्रिपाललाई बारका रूपमा बाहिरपट्टि प्रयोग गरी सामूहिक रूपमा बस्न मिल्ने गरी घर बनाइएको छ । “आफ्नो टहरो बनाइएको छ, अब अरुको पनि त बनाउनु प¥यो नि”, गङ्गा मगरले छिमेकीको घर बनाउन व्यस्त परेवाटारबासीको एउटै कुरा बताउनुभयो ।

नरबहादुर श्रेष्ठ, केशरबहादुर मगर, गङ्गा मगर, चन्द्रबहादुर मगर, गीता मगर र निरु माझी सो अभियानमा जुटेका छन् । सपना राईले चिटिक्क परेको बासको घर बनाउनुभएको छ । केही बाँस गाडेर र खाँबो गाडेर त्यसैभित्र दुईवटा सानो कोठा बनाइएको छ । घरको गाह्रोका रूपमा बाँस चिरेर बनाइएको छ । आफ्नो भएको घर लडेकाले दिदीको घरसँगै बाँसको घर बनाइएकाले अब आफ्नो परिवार बाँच्ने उहाँको भनाइ छ ।

सुनिता दर्लामी मगरको परिवारले भने बाँसको प्रयोगसँगै घोचा गाडेर घर बनाएको छ । आगामी वर्षाका लागि बस्ने घर बनाइएको बताउँदै उहाँले यस्तो घर बनाउँदा ठूलो भूकम्प आउँदा नलड्ने भएको आफूहरू सुरक्षित हुने जिकिर गर्नुभयो । रासस