धादिङमा एकाविहानै ५.५ रेक्टरको भुकम्प, शुक्रबार बिहानै तीनवटा धक्का

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_8166धादिङ १ जेठ,- बैशाख १२ गतेबाट शुरु भएको महाभुकम्पको पराकम्पन अझै रोकिन सकेको छैन । तीन साता सम्म पनि हरेक दिन जसो सानो ठुलो भुकम्पहरु आइनैरहेका छन । जेठ १ गते शुक्रवार विहान ७.२७ वजे आएको भुकम्पले धादिङ जिल्लाको जनजिवन आतंकित बन्न पुगेको छ । यस अघिका भुकम्प र त्यस पछिका पराकम्पनले चर्काएर छाडेको घरहरु भत्किएका छन । विहानको समय भएपनि सर्वसाधरण रातभर खुल्ला स्थानमा सुतेर घर फर्कनेक्रम शुरु हुंदै गरेकाले मानविय क्षती भने नभएको प्रहरीको अनुमान छ । पटक पटकको  भूकम्पपछि पराकम्पन जाने क्रम केही कम भए पनि रोकिएको छैन । शुक्रबार बिहान ७ बजेर २७ मीनेट जाँदा ५.५ रेक्टर स्केलको पराकम्प गएको छ ।बैशाख १२ देखि जेठ १ गते विहान ७.२८ वजे सम्म चार रेक्टर भन्दा माथिको २ सय २२ वटा पराकम्पन गईसकेको छ भने साना तिना झटकाको अभिलेखनै नरहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्रको रेकर्डमा देखिएको वताईएको छ ।  बिहानै आएको भूकम्पको धक्का जिल्लाको सबै भागका साथै छिमेकी जिल्ला नुवाकोट, काठमाण्डौं, गोरखा, चितवन, मकवानपुरका अधिकाश भागहरुमा  महसुस भएको विभिन्न जिल्लाका वासिन्दाले सामाजिक सञ्जालमा व्यक्त गरेका छन ।

त्यसैगरी शुक्रबार  बिहान ४ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो भने बिहान ३ बजेर ३८ मीनेटमा दोलखामै केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको अर्को पराकम्प गएको वताईएको छ ।