कपुर गाउंमा पहिरो दुई सय ९७ घर संकटमा

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
DSC_0293कपुरगाउं (धादिङ), १ जेठ- बैशाख १२ गते घटनाले वस्तिनै सखाप पार्नुका साथै गाउंका चार जनाको ज्यान गएपछि परेको शोक र गाउंका सबैले घर सम्पत्ति गुमाउनु पर्दाको पिडा भुल्न नसकिरहेको वेला कपुर गाउंवासीलाई अर्को चिन्ता थपिएको छ । गाउंका सबै घर भुकम्पमा परेपछि खुल्ला आकाश मुनी सहयोगको आश लिएर वसिरहेको बेला बस्ति भन्दा माथिवाट घर भन्दा ठुला ढुंगा खस्नेक्रम बढेपछि कपुर गाउंका वासिन्दालाई ज्यान जोगाउन हम्मे हम्मे पर्न थालेको छ पहिरो संगै वस्तिको माथि तिर ठाउं ठाउंमा जमिन धांजा फाटेको छ वैशाख १२ गतेको भुकम्पले बस्तिनै सखाप पारेपछि खुल्ला आकाशमुनी बस्दै आईरहेका उत्तरी धादिङको लापा गाविसको कपुर गाउका वासिन्दालाई त्यहि पहिरोले समेत सताउन थालेको छ । बस्ति भन्दा माथिबाट निरन्तर झरिरहेको सुख्खा पहिरोले गाउंबासी त्रसित बन्न थालेका छन । सिंगो बस्ति खण्डहर बनेपछि खुल्ला आकाशमुनी वस्दै आईरहेका कपुर गाउँवासीको लागि भुकम्प भन्दा ठुलो चुनौतीका रुपमा पहिरो देखा परेको छ ।
DSC_0228बस्तिभन्दा तीन सय मिटर माथि बाट निन्तर ठुृला ठुला ढुंगा खस्न थालेपछि गाउंवासीलाई वास वस्ने ठाउंको समस्या हुन थालेको हो । अब कहां वस्ने भन्ने पिरलोमा परेका छन । बैशाख १२ को भुकम्पले थर्काएर राखेको डाँडो वैशाख २९ गते मंगलबार अपराह्नको भूकम्पले धक्का दिएर पहिरो खस्न थालेको स्थानीयले वताए । रघुकुना लेकबाट आएको पहिरोले लापा गाविसको १ र ६ नम्बर वडा कपुरगाउँका ६५ घरधुरी विस्थापित भईसकेका छन । दुई वटा वडामा गरी कपुर गाउँमा २ सय ९७ घरधुरी रहेको स्थानीयले वताए । सुख्खा ढुंगे पहिरोले गाउँका २ सय ९५ जना बस्ति छाडेर खुल्ला चौरमा बस्न थालेका छन । बस्ति छाड्नेमा ३ जना गर्भवती र उक सय भन्दा बढी बालबालिका रहेको स्थानीय धन तामाङले वताउनु भयो । बर्षको ९ महिना खाद्यान्न संकट व्यहोर्दै आईरहेका कपुर गाउंवासीको लागि अव बर्षैभरी खानेकुराको अभाव हुने गाउंलेहरुले वताए ।
बैशाख १२ गतेको भूकम्पले कपुर गाउँका ९० प्रतिशत घर क्षति पुगेकोमा त्यस पछिको पटक पटकको पराकम्पनले वांकी घर पनि बस्नै नहुने गरी क्षती पुगेको छ । पहिलो भुकम्पमा परेर गाउंका ४ जनाको ज्यान गएको भएपनि मृतकका परिवारले अहिले सम्म राहत नपाएको मृतक वहादुर तामाङकी श्रीमती माया तामाङले वताउनु भयो । गाउंभन्दा माथि रहेको क्वार्ज ढुंगाखानीमा मजदुरी गर्न गएका बेला भुकम्प आएपछि माथिवाट झरेको ढुंगाले लागेर बहादुर तामाङ(३१),कस्पा तामाङ (४७),फुर लामा तामाङ (५५) को ज्यान गएको थियो । यसै गरी दाउरा काट्न गएकी १६ बर्षिया कुममाया तामाङको पनि भुकम्पका कारण ज्यान गएको थियो ।
मृतकका परिवारहरु मध्ये तीन परिवारलाई घरका कमाउने मुली व्यक्ति गुमाउनु पर्दाको पिडा एकातिर छ भने भुकम्पले घर गोठ सबै भत्काईदिएपछि अव कहां बस्ने र वाल बच्चालाई कसरी पालन पोषण गर्ने चिन्ता समेत थपिएको छ । गाउं छिर्ने मुख्य नाका आँखुखोलामा पहिरो खसेपछि गाउं छाडेर वाहिर निस्कन नसकेका गाउंलेहरुलाई अव घर माथिको नयाँ पहिरोले समेत घेराबन्दी गरेर समस्यामा पारेको छ । सिंगो वस्ति पहिरोको चपेटामा परेको खबर पाएपछि मंगलवार प्रमुख सेनानी बिजितराज रेग्मी र जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले गाउंकोे अवलोकन गरेका थिए । पूरै गाउँ तत्काल अन्यत्र सार्न सम्भव नभएकाले गाउंलेहरुलाई खाद्यान्न संकट हुन नदिन तत्कालका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानीमा सहयोग गरिने धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वताउनु भयो ।
शुक्रवार मात्रै अन्र्तराष्ट्रिय गैर सरकारी संस्था युनाईटेड मिशन टु नेपालले हेलिकप्टर मार्फत खाद्यान्न तथा अन्य राहत सामाग्री कपुर गाउंमा पु¥याएको छ ।