व्यक्तिको पहलमा बुढाथुममा तीन सय परिवारलाई राहत

742 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11255154_10153250650397719_1641805921_nबुढाथुम– भुकम्पले बस्तिनै सखाप पारेपनि विकटमा रहेका कारण कुनै पनि निकायको नजरमा पर्न नसकेको धादिङको बुढाथुम गाविसका स्थानीयको पहलमा राजधानीमा राहत संकलन गरी गाउंमा बितरण गरिएको छ ।
काठमाण्डौंको ठमेलमा हाइएर लिमिट ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि मार्फत पर्यटन व्यवसाय गर्दै आईरहनु भएका बुढाथुम गाविस वडा नम्बर ८ हटियाका गोपाल श्रेष्ठले साथीहरुको सहयोगमा गाउंका भुकम्प पिडितका लागि अभियान संचालन गरी सहयोग जुटाउनु भएको हो । श्रेष्ठको अभियानलाई साथ दिंदै हाल अष्ट्रेलिया रहनु भएका रामकुमार श्रेष्ठले क्यानबेरा नेप्लिज कम्युनिटी अष्ट्रेलिया मार्फत ९४ थान त्रिपाल, २ सय किलो चिउरा, २ सय ४० थान म्याट्रेस,३६ प्याकेट चाउचाउ, २ रोल प्लाष्टिक त्रिपालको लागि सहयोग जुटाउनु भएको थियो ।
11280284_10153253359147719_1789639867_n (1)राजधानी र विदेशमा समेत गाउंवासीको पिडालाई क मगर्न अभियान संचालन गरेर सहयोग जुटाएपछि बुढाथुम गाविसको वडा नम्बर ८ र ९ का ३ सय परिवारलाई प्रदान गरिएको श्रेष्ठले जानकारी दिनु भयो । जिल्लाको अति बिकटमा रहेपनि सडक सञ्जालले छोएका कारण बुढाथुम गाविसमा हिउंदका वेला मोटर चलेपनि भुकम्पले सल्यानटार बुढाथुम सडक खण्ड ठाउं ठाउंमा पहिरो खसेर अवरुद्ध बनेकाले निजी खर्चमा सडक मर्मत गर्दै गाउँ सम्म राहत सामाग्री पु¥याईएको श्रेष्ठले वताउनु भयो । भुकम्पले तहस नहस पारेको गाउँमा सरकारी तथा गैर सरकाी निकायले समयमै राहत पु¥याउन चासो नदेखाएपछि आंफुले साथीभाईसंग समन्वय गरेर रकम जुटाई निजी खर्चमा गाउं सम्म राहत लगेपनि सबै पिडितका लागि पर्याप्त नभएकाले अभियान जारी रहेको र सहयोगी मन फेला परेमा थप गाउंवस्तिमा पनि राहत बितरण गरिने गोपलले धादिङ न्यूजलाई वताउनु भयो ।

श्रेष्ठको पहलमा भएको राहत संकलन र  बितरणका केही तस्बिर (फोटो फिचर )

11074534_10153250685517719_931605310_n - Copy 11117462_10153253357277719_1786476671_n - Copy 11119948_10153253359172719_1803857701_n - Copy  11245198_10153253356212719_2079541433_n - Copy 11255154_10153250650397719_1641805921_n - Copy 11258969_10153253360562719_579882049_n - Copy 11267523_10153253359132719_499410116_n - Copy  11268027_10153253356197719_1609787087_n - Copy 11269478_10153253357247719_1570799199_n - Copy  11280284_10153253359147719_1789639867_n (1) - Copy  11280452_10153253362282719_1683373886_n  11281943_10153250657912719_749338268_n  11287196_10153253360552719_1931437960_n 11291221_10153253362292719_1500748691_n (1) 11291867_10153253359117719_1725184558_n (1) 11301344_10153253356207719_219953433_n