५ हजारमा भूकम्प प्रतिरोधी घर

2786 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17087काठमाडौं, ५ जेठ । विनाशकारी भूकम्पले घर, भवनलगायत भौतिक संरचनामा क्षति पु¥याएपछि धेरै मानिस अहिले पालमुनिको कष्टकर जीवन बिताइरहेका छन् । मनसुन मुखमै आइसकेको अवस्थामा सरकारी तथा विभिन्न संघसंस्थाले वैकल्पिक घरको नमूना सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पुल्चोक इन्जिनियरिङ् क्याम्पसका शिक्षक र विद्यार्थीले पनि घरको नमूना तयार पारेका छन् ।

त्रिपालमुनीको कष्टकर जीवन बिताइरहेका भूकम्पपीडितलाई सानै भए पनि खुसीको खबर । नेपाली मेकानिकल इन्जिनियर र आर्किटेक बिद्यार्थीहरुले १ घन्टामै तयार पार्न सकिने १३ तथा ३५ हजार खर्चमा २÷३ बर्ष टिक्ने अस्थाई घरको नमुना तयार पारेका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस हाताभित्र थोरै जस्तापाता, फलामको पाइप, ढुङ्गा–इँटाको प्रयोगबाट सोलार बत्ति सहितको अस्थाई घरतयार पारेका हुन् ।

आर्किटेक इन्जिनियरिङ्ग अध्ययन गरिरहेका ८ जना बिद्यार्थीको समूहले तयार पारेको १३ हजार लागतमा बनाउन सकिने अस्थाई घरको नमुना हो यो । १२ बाई ८ को साइजमा रहेको अर्धगोलाकार यस्तो घरमा अगाडि र पछाडी ढुङ्गामाटो वा इटा सिमेन्ट, बाँस लगायत स्थानिय सामग्रीको प्रयोग गरिन्छ । बाइटसुगन्ध सुवेदी, बिद्यार्थी, आर्किटेक इन्जिनियरिङ्ग

यस्तै पुल्चोक इजिनियरिङ्ग क्याम्पसमा रहेको रोबटिक्स क्लबका मेकानिकल इन्जिनियरहरुको एक समूहले सोलार बत्तिसहितको ३५ हजारमा तयार हुने अस्थाई घरको नमुना तयार पारेका छन् । फ्याक्ट्रीमा घरका पार्टपूर्जा तयार पारिने भएकोले १२ बाई ११ फीटको यस्ता अस्थाई घर ४÷५ जना कामदारले १ घन्टाभित्र तयार पार्न सकिने मेकानिकल इन्जिनियर रमेश चौधरी बताउँछन् ।

बर्षायाममा पालले झरी नथेग्ने तथा सम्पति सुरक्षाका लागि भूकम्प पीडितहरुले बर्षा अगाडिनै बसोबासका लागि अस्थाई घरको माग गरिरहेका छन् । सरकारले यस्तो किसिमको अस्थायी घरको नमुना लागू गर्ने भनेर निर्णय गरिसकेको पनि छैन् । नेपाली इन्जिनियरहरुले बनाएको यस किसिमको अस्थाई घरको नमुना सर्बसाधरणलाई पनि चित्त बुझ्दो छ ।

गृह मन्त्रालयको आंकडा अनुसार भूकम्प प्रभावित क्षेत्रमा १ लाख ३० हजार ४ सय ८९ घरमा पूर्ण क्षति भएको छ भने १ लाख ३४ हजार ९ सय ६३ घरमा आशिंक क्षति भएको छ । आँशिंक र पूर्ण क्षति भएका २ लाख ६५ हजार ४ सय ५२ घरका मानिसहरु यतिबेला पाल तथा अस्थाई टहरोमा बसिरहेका छन् । स्थानिय स्रोत साधनको प्रयोगबाट भूकम्प पीडितहरुले सर्बसुलभव रुपमा अस्थाई बसोबास खोजीरहेका बेला यस्ता नमुना घर लागू घर पनि उपयुक्त देखिन्छ ।