नागढुंगा सुरुङ मार्ग निर्माणमा स्थानीयको अवरोध हट्यो

87 पटक पढिएको

सम्पादक: Dhading News

फागुन २१,धादिङ। स्थानीयको अवरोधका कारण रोकिन पुगेको  नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ ।

आयोजनास्थलमा पर्ने धादिङको धुनीवेशी नगरपालिकाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो । सिद्धार्थ लामा र कालु तामाङको घर सुरुङ मार्ग निर्माणको क्रममा पहिरोले जोखिममा परेको थियो । घरको सुरक्षाको लागि घरको सुरक्षाको लागि आवश्यक व्यवस्था गरिदिने सहमती पछि अवरोध अवरोध हटेको हो ।

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *