धादिङमा राहत बाँड्दै शोभिता
547 पटक पढिएको

धादिङको गुम्दी गाविसमा उनले आफ्नो राहत वितरण कार्यलाई निरन्तरता दिइरहेकी छन् । गुम्दी उनको जन्मथलो पनि हो । उक्त गाउँमा उनको पुख्र्यौली घर भत्किएको छ भने गाउँभर १७ जनाले ज्यान गुमाएका छन् । अधिकांश गाउँले पालमै बास बसिरहेका छन् । प्रायः घर बस्नलायक छैनन् ।
आइतबार गुम्दी पुगेकी शोभिताले दुई सय घरलाई पुग्ने कम्बल, टावल, साबुन र खाद्य सामग्री वितरण गरेकी छन् । उनलाई फूलकुमारी महतो ट्रस्टले राहत सामग्री संकलनमा सघाएको थियो । ट्रस्टका उपेन्द्र महतोले उनलाई काठमाडौंमा सामग्रीहरु हस्तान्तरण गरेका थिए । तपोवन र अमेरिकामा रहेका भाइ सुदीप सिम्खडाले पनि शोभिताको राहत वितरणमा सहयोग गरेका छन् ।
मनोज पण्डितको फिल्म ‘तमन्चा’मा अभिनय गर्ने तयारी गरिरहेकी शोभिताको परिवारले भूकम्पपीडितलाई साढे दुई लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । तर कसरी र कुन काममा उक्त रकम दिने हो छलफल हुँदै गरेको उनले जनाइन् ।
धादिङ आउनुअघि शोभिताले ‘वर्क फर नेपाल’ संस्थासँग मिलेर काठमाडौंकै गोकर्णमाथिको तामाङ गाउँका २५ घरलाई राहत बाँडिसकेकी थिइन् ।