धादिङ केन्द्र बनाएर चार रेक्टर स्केलको पराकम्प

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 download (3)धादिङ – भुकम्पको पराकम्पन कम हुंदै गएर धादिङ जिल्लाको जनजिवन सामान्य बन्दै गईरहेको बेला बिहीवार सांझ फरी एक पटक जिल्लावासीलाई भुकम्पले झस्काईदिएको छ । बिहीबार बेलुका साढे सात बजे अर्को पराकम्प गएको छ । धादिङ केन्द्र बनाएर गएको पराकम्प चार रेक्टर स्कलेरको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो सँगै बिहीबार तीन वटा पराकम्प गरएको छ । यसअघि दिउँसो दुई बजेर ५६ मिनेट जाँदा नुवाकोट केन्द्र बनाएर चार रेक्टर स्केलको पराकम्प गएको थियो । त्यस अघि दिउँसो दुई बजेर ११ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

पाँच दिनदेखि भूकम्पको परकम्प कम हुँदै गएको छ । दिनमा दुई तीनपटक मात्रै पराकम्पन गएपछि जनजीवन सामान्य हुन थालेको छ ।