सुत्केरी र गर्भवतीलाई राहत वितरण

610 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – भुकम्प पीडित गर्भवती र सुत्केरी महिलाहरुलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राहत वितरण गरेको छ ।
IMG_5070सुत्केरीहरुका लागि अत्यावस्यक हर्लिक्स, झुल ु, ग्लुकोज, ज्वानो, विस्कुट, डिटोल साबुन, टुथपेस्ट, ब्रस, ग्लास, लगायतका सामाग्री रहेको सुत्केरी झोला वितरण गरिएको हो ।
इन्सेकका मध्यमाञ्चलका गणेश भण्डारी, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सहितको उपस्थितीमा सामाग्री वितरण गरिएको थियो ।
चेपाङ र तामाङ समुदायका सुत्केरीहरु बच्चाबोकेर राहत लिन आएका थिए भने गर्भवतीहरु समेत चर्कोघाममा राहत लिन आएका थिए । गजुरी गाविस भित्रका ६० जनालाई सो राहत सामाग्री वितरण गरिएको इन्सेक मध्यमाञ्चलका गणेश भण्डारीले जानकारी दिनुभयो ।