छत्रेदेउरालीका भुकम्प पिडितलाई बांड्न किनेको तेलमा झेल

653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,११ जेठ – भुकम्प पिडितका लागि बितरण गर्न खरिद गरिएको तोरीको तेलमा वजार भाउ भन्दा बढी मुल्य लिएर ठगि भएको छ ।

chhatre telस्थानीय राजनैतिक संयन्त्रको छलफल पछि गाविसभरीका भुकम्प पिडितहरुलाई बितरण गर्न तेल खरिद गर्ने निर्णय गरेपछि धादिङको छत्रेदेउराली गाविसले जेठ ४  गते काठमाण्डौंको कालिमाटी स्थित शिवज्योती ट्रेडिङबाट ४ सय ९० कार्टुन तेल खरिद गरेको थियो ।
गाविसले खरिद गरेको गणपती र सफारी ब्राण्डको तोरीको तेल वजारमा खुद्रा खरिद गर्दा प्रति कार्टुन १२ सय ५० रुपैया सम्म पर्ने भएपनि तेल बिक्रेताले भने वजार मुल्यमा भन्दा प्रति कार्टुन १ सय २९ रुपैया ७ पैसा बढी लिएर गाविस कार्यालयलाई तेल बिक्री गरेको पाईएको हो ।
राजधानीको रामकोट संग सिमाना जोडिएको धादिङको छत्रेदेउराली गाविसमा बैशाख १२ को महाभुकम्पले गाविसका १६ सय ५५ मध्ये एक हजार ४३ घर पूर्ण रुपमा क्षती गराएको थियो भने ४ सय ४६ घर पनि बस्नै नहुने अवस्थामा पुगेको छ । भुकम्पमा परेर गाविसका ३३ जनाले गाउंमै ज्यान गुमाएका थिए भने राजधानी तथा अन्य स्थानमा परेर थप १२ जनाको ज्यान गएको गाविस कार्यालयले जनाएको छ ।
विपदमा परेका परिवारलाई तत्काल राहत उपलव्ध गराउन सक्रिय रहेको बेला गाविसस्तरीय राजनैतिक संयन्त्रको सिफारिमा तेल खरिद गरी बितरण गर्ने निर्णय कार्यान्वयन गराउन खोज्दा पसलेवाट ठगिएपछि आंफुले पनि न्यायको लागि पहल गरिरहेको गाविस सचिव प्रमिला रेग्मीले वताउनु भयो । गाविस कार्यालयले जेठ ४ गते मुल्य अभिबृद्धि कर दर्ता नम्बर ६०१५९७५७० कायम रहेको काठमाण्डौंको कालिमाटी स्थित शिवज्योती ट्रेडिङबाट ४ सय ९० कार्टुन तेल भ्याट सहित ६ लाख ७६ हजार २ सय रुपैया ५९ रुपैयामा खरिद गरेको गाविस सचिव रेग्मी बताउनहुन्छ ।
भुकम्प पिडितलाई बितरण गर्न भनेर खरिद गरेको तेल वजारको मुल्य भन्दा महंगो परेपछि स्थानीयले राहतको नाममा अनियमितता भएको भन्दै आवाज उठाएपछि तेल बिक्रेतालाई सम्पर्क गरी यस बिषयमा जानकारी गराईसकेको र बढी रकम फिर्ता नगरे कालोवजारी ऐन अन्र्तगत पसल बिरुद्ध मुद्धा हाल्न आंफु तयार रहेको गाविस सचिव रेग्मीको भनाई छ ।

गाविस सचिवले आंफुलाई पसलेले ठगेको भन्दै उम्कन खोजेपनि यस बिषयमा गाविस सचिवको समेत संलग्नता हुन सक्ने स्थानीयको आरोप छ । छत्रेदेउरालीका भुवन पौडेलका अनुसार गाविसले खरिद गरेको तेल खुल्ला वजारमा किनेको हो भने १२ सय ५० रुपैयामा पाईन्थ्यो । ४ सय ९० कार्टुन तृल किन्दा गाविसले छुट पाउनुको साटो बढी मुल्य तिरेको छ । गाविसले तिरेको मुल्य वजारको चल्तिको मुल्य भन्दा प्रति कार्टुन १सय २९ रुपैया ७३ पैसा बढी पर्न आउंछ,गाविस कार्यालयले खरिद गरेको ६ लाख ७६ हजार २ सय रुपैया ५९ रुपैयामा वजारको मुल्य भन्दा ६३ हजार ५ सय ६७ रुपैया ७ पैसा बढी तिर्नु गाविसको कमजोरी हो या कर्मचारीको नियत खराव हो छानविन हुनुपर्ने माग स्थानीयवासीको रहेको पौडेलले वताउनु भयो ।
tel godaam chhatreगाविस कार्यालयले तेल खरिद गर्दा वजार मुल्य भन्दा बढी लिएको बिषयमा धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसंग सम्पर्क राख्दा सम्वन्धित गाविस सचिव यस बिषयमा बढी जिम्मेवार हुनुपर्ने उहांले वताउनु भयो । विपदका वेला पारेर पसलेले ठगि गरेको हो भने कालोवजारी ऐन अन्र्तगत त्यस्ता व्यक्ति बिरुद्ध सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गर्न सकिने घिमिरेको सुझाव छ । वजारमा हल्ला आईसकेपछि यस बिषयमा अनुसन्धान गरिने पनि उहांले जानकारी दिनु भयो ।