भुकम्प प्रभावित अति विपन्न २ सय ६ परिवारलाई राहत

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी–भुकम्पबाट प्रभावित अति विपन्न २ सय ६ परिवारका लागि पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान नेपाल र भारत प्रगति मिशनले संयुक्त रुपमा राहत बितरण गरेको छ ।
बैरेनी, किराञ्चोक र कल्लेरी गाविसका अति विपन्न भुकम्प प्रभावितहरुको लागि आईतबार दाल ,चामल,चिनी,कम्वल,सिरक र त्रिपाल सहयोग गरिएको हो । राहत बितरण कार्यक्रममा पृथ्वीनारायण शाह स्मृत्ति प्रतिष्ठान नेपालका अध्यक्ष डाक्टर जगत वहादुर पाठक , भारत प्रगति मिशनका अध्यक्ष हरिस कुमारको उपस्थिती रहेको थियो । महाभुकम्पले प्रभावित भएका सबैलाई सहयोग गर्ने इच्छा भएपनि आर्थिक श्रोतको अभावले अहिले अति विपन्न २ सय ६ परिवारका लागि केही सहयोग गर्न सकिएको मिशनका अध्यक्ष हरिसकुमारले वताउनु भयो ।
राहत बितरणका क्रममा बृद्ध बृद्धा २० जनालाई सिरकका साथ अन्य सामान दिईएको थियो भने बांकी अरुलाई खाद्यान्न तथा त्रिपाल र कम्वल प्रदान गरिएको राहत बितरण टोलीका स्थानीय संयोजक ज्ञानवहादुर भण्डारीले जानकारी दिनु भयो ।

 साथमा फोटो फिचर 

11227200_1598314353743866_709116229_o 11258632_1598314190410549_2124523910_n 11263805_1598313700410598_1562031883_n 11272233_1598314040410564_719896633_n 11301578_1598314093743892_302578957_n 11329553_1598313940410574_1308522821_n 11355579_1598313787077256_560248575_n