मार्पाकका भुकम्प पिडितलाई रोट्रयाक्ट क्लवको राहत

828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11289689_10205210923130078_1439691707_nमार्पाक- मार्पाक गाविसका भुकम्प पिडितहरुको सहयोगका लागि रोट्रयाक्ट क्लव अफ रुद्रमती बबरमहल काठमाण्डौंको टोलीले राहत सामाग्री बितरण गरेको छ । मलेखुका स्थानीय युवाहरुको सहयोगमा मार्पाक पुगेको क्लवको टोलीले ३५ बोरा चिउरा, १ सय २० वटा बल्याङकेट,चार हजार पाकेट विस्कुट , १ सय ५० पोका नुन,१ सय ५० लिटर तेल, २ सय वटा झुल,३ सय वटा सेनेटरी प्याड,३ सय टुथ पेस्ट,१ हजार वटा पानी प्रशोधन गर्ने पियुष बितरण गरेको थियो । यसै गरी प्राथमिक उपचारका लागि उपयोगी हुने ४ सय पाकेट जिवन जल,६ सय वटा सिटामोल पनि स्थानीय स्वास्थ्यकर्मीको रोहवरमा बितरण गरिएको थियो ।
सहयोगी टोलीले निरन्जना उच्च मावि र निमारचोक निमाविका लागि १२ बण्डल जस्तापाता समेत बितरण गरेको क्लवका अध्यक्ष किशोर त्रिपाठीले जानकारी दिनु भयो ।
भुकम्प पिडितहरुको सहयोगका लागि क्लवले संचालन गरेको अभियानमा युकेवाट प्राप्त भएको सहयोगबाट जिल्लाको बिकटमा रहेको मार्पाक गाविसमा पुगेर राहत बितरण गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिनु भयो ।
राहत बितरण संगै क्लवका सदस्य तथा मलेखुका स्थानीय युवाहरुले मार्पाकका सातवटा घरको भग्नावशेष हटाई सहयोग गरेको थिए ।

साथमा फोटो फिचर

11101145_10205210888369209_786431247_n 11272004_10205210890209255_357101925_n 11289689_10205210923130078_1439691707_n (1) 11297685_10205210922290057_819658593_n 11349884_10205210923370084_1341267618_n 11350155_10205210899249481_1503371996_n 11355537_10205210922530063_1535181802_n 11356130_10205210951370784_1386058347_n