काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा तामाङ

468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rudra singhधादिङ ,जेष्ठ १४ – केही महिना अघि  धादिङको स्थानीय विकास अधिकारी रहेकै बेला खुल्ला प्रतिस्पर्धावाट सह सचिवमा बढुवा भएका रुद्रसिंह तामाङ काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा  नियुक्त भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनअघि कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई फिर्ता बोलाएपछि तामाङलाई पठाइएको हो । उनी यसअघि धादिङ र नुवाकोटमा स्थानीय विकास अधिकारी थिए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका उनलाई मन्त्रिस्तरीय निर्णयबाट कार्यकारी प्रमुख बनाइएको हो । उनी बौद्धदर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक थिए ।

थप्रेक–३, नुवाकोट निवासी तामाङ बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशकको पदमा रहेर पनि काम गरिसकेका छन् । बुबा प्रेमसिंह तामाङ र विन्दु तामाङका सूपुत्र हुन् । निजामति सेवामा मिलनसार, इमान्दार र मिजासिलो व्यक्तित्वको छवी बनाउन सफल रुद्रसिंह समाजसेवीका रूपमा पनि परिचित छन् । उनले सामाजिक संस्थाहरूको स्थापना र नेतृत्व पनि गरेका थिए भने धर्म र संस्कृतिका विषयमा पुस्तकहरू समेत लेखेका छन् । निजामति सेवामा प्रवेश अघि उनी पत्रकारिता क्षेत्रमा थिए ।