अझै पनि अझै पनि रोकिएन पराकम्पन बिहीबार राति पनि धक्का

514 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepal-earthquake-Map_bhukampa__655784094
बिहानदेखि रातिसम्म सात परकम्पन
काठमाडौं : बिहीबार राति भूकम्पको अर्को धक्का महसुस भएको छ । बैशाखमा दुई ठूला भूकम्पपछि परकम्पन जाने क्रममा बिहीबार पनि रोकिएन ।
बिहीबार राति १० बजेर १६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहिबार बिहानदेखि मध्यरातिसम्ममा चार म्याग्निच्यूटमाथिका सात वटा परकम्पन गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । तीमध्ये तीनवटा दोलखा, दुर्इवटा गोरखा र धादिङ, एउटा काठमाडौ‍ र अर्को सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको परकम्पन गएका हुन् ।

यसअघि बिहीबार मध्यान्ह दोलखा केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूटको परकम्पन गएको थियो । बिहीबार बिहानै चारवटा परकम्पन गएका थिए । बिहान ३ बजेदेखि साढे ५ बजेको बीचमा ४ वटा धक्का महसुस भएको थियो ।
बिहान ३ बजेर ७ मिनेटमा गोरखा र धादिङको सिमाना भएको ४ म्याग्निच्यूटको परकम्पन गएको थियो । त्यसैगरी बिहीबार बिहानै ३ बजेर ४० मिनेटमा पुनः गोरखा र धादिङ केन्द्र भएको ४ म्याग्निच्यूटको धक्का महसुस भएको थियो ।

त्यसपछि ५ बजेर १२ मिनेटका अर्को परकम्पन गयो । ४ म्याग्निच्यूटको यो परकम्पनको केन्द्रबिन्दु काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसलगत्तै ५ बजेर ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युटको अर्को भूकम्पको धक्का महुसस भयो ।