भूकम्पको धक्का कम हुँदै, अहिलेसम्म २० हजार बढी पराकम्पन

980 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राष्ट्रिय भुकम्प मापन केन्द्रले बैशाख १२ गतेको विनासकारी भुकम्प पछि अहिलेसम्म २० हजारभन्दा बढी पराकम्पन गएको जनाएको छ । तर भुकम्पका धक्का निक्कै कम हुँदै गएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार शुरुका दिनमा दैनिक १३ सय पटकसम्म पराकम्पन जाने गरेकोमा अहिले ३ सयमा झरेको छ ।

भुकम्प मापन केन्द्रले २ रेक्टर स्केलभन्दा माथिका पराकम्पन मात्र रेकर्ड गर्ने गरेको छ भने ४ रेक्टर स्केलभन्दा माथिका पराकम्पन मात्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्ने गरेको छ ।

vukamp-table

काठमाडौं उपत्यकामा गएराती भुकम्पको शक्तिशाली पराकम्पन गएको छ । नुवाकोट केन्द्र बिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केटको पराकम्पन गएको भएपनि उपत्यकामा ठूलै धक्का महसुश गरिएको थियो ।

राती १० बजेर १३ मिनेटको पराकम्पन पछि उपत्यकाका सर्वसाधारण आत्तिएर खुल्ला स्थानमा पुगेका थिए । भुकम्पको केन्द्र विन्दु नजिक भएको, म्याग्नेच्युड बढी भएको तथा भौगोलिक अवस्थाका कारण ठूलो धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पवीदका अनुसार जमिन भुनि कडा चट्टान भएकोमा धक्का कम महसुस हुन्छ भने बालुवा माटो भएकोमा बढी महसुस हुने गरेको छ । नेपाल भुकम्पिय हिसावले जोखिमयुक्त ठाउँ भएपनि कहिले, कति स्केलको जान्छ भनेर अनुमान गर्न नसकिने भएकाले हल्लाको पछि नलाग्न केन्द्रले आग्रह गरेको छ ।

केन्द्रका प्रमुख अधिकारीले भने, ‘जापान जस्तो विकसित मुलुकमा त भुकम्पको अनुमान गर्न सकिएन र हिजो त्यत्रो भुकम्प गयो । नेपालमा अनावश्यक हल्ला फैलाइएको छ । त्यसमा कुनै सत्यता छैन । हल्लाको पछि नलागौं, सचेत भएर बसौं ।’