क्षतिग्रस्त विद्यालयलाई २ लाख ५० हजार सहयोग

903 पटक पढिएको

२० जेष्ठ २०७२, बुधबार ०६:२१ सम्पादक: धादिङ न्यूज

माधव अधिकारी
धादिङ्–धादिङका क्षतिग्रस्त संस्थागत विद्यालयलाई भौतिक संरचना पुनः निर्माणका लागि नेशनल प्याब्सनले रु २ लाख ५० हजार सहयोग गरेको छ ।

dhading1नेशनल प्याब्सन केन्द्रीय समितिले १ लाख ५० हजार र धादिङ् जिल्ला समितिका तर्फबाट १ लाख राहत सहयोग उपलब्ध गराएको हो । शुक्रबार धादिङ्वेशीमा आयोजित एक समारोहबीच नेशनल प्याब्सनका केन्द्रीय सचिव सुवास न्यौपानेले सो रकम क्षतिग्रस्त विद्यालयका सञ्चालकलाई हस्तान्तरण गर्नुभयो ।केन्द्रीय समितिबाट प्राप्त सहयोगका लागि धादिङ् जिल्ला कार्यसमितिका अध्यक्ष कृष्ण दाहालले धन्यवाद ज्ञापन गर्नुभयो ।