विद्यालय र स्वास्थ्य चौकीलाई आधुनिक फिल्टर वितरण

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

5682_4धादिङ जेठ २२ – धादिङको १९ गाविसका विद्यालय र स्वास्थ्य चौकीलाई पानी शुद्धिकरण गर्ने आधुनिक फिल्टर वितरण गरिएको छ ।
वेव फर वाटर नामक संस्थाको सहयोगमा उपलव्ध भएको फिल्टर धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डेले हस्तान्तरण गरेका हुन् । शुक्रबार गजुरीमा विद्यालयका शिक्षक तथा प्रतिनिधीलाई करिव ३ सय फिल्टर हस्तान्तरण गरिएको हो । धेरै जनघनत्व हुने सार्वजनिक स्थलमा उपलव्ध गराइएको सवेर प्वाइन्ट वान फिल्टरले प्रति २० मिनेट ५ ग्यालेन पानी फिल्टर गर्न सक्ने वेव फर वाटरका पावल राईले जानकारी दिए ।
क्षेत्र नम्बर ३ का (सबै) २ सय ९ सरकारी विद्यालय, स्वास्थय चौकी, प्रहरी चौकी र राजमार्गसंग जोडिएका क्षेत्र नम्बर २ का पाँच गाविसका ५९ वटा विद्यालयलाई गरी करिव ३ सय फिल्टर वितरण गरिएको छ ।  म्याक्रोनको सो फिल्टर ग्रामीण वस्तिमा दुषित पानीका कारण फैलन सक्ने रोगबाट जोगाउन उपयोगी हुने बताइएको छ । सभासद पाण्डेले संस्थासंग समन्वय गरेर धादिङका सबै विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर उपलव्ध गराउन लागिएको बताए ।