धादिङमा सप्ताहव्यापी सरसफाई अभियान सुरु

490 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी– विश्व वातावरण दिवसको अवसरमा धादिङमा सप्ताहव्यापी सरसफाई अभियान सुरु गरिएको छ । सप्ताहव्यापी अभियानको शुक्रबार भुकम्प पिडितका अस्थाई विशिरमा औपचारीक  उद्घाटन गरिएको छ । दिवसको अवसरमा शुक्रबार  खानेपानी डिभिजन कार्यलय धादिङ र नेपाल रेडक्रस सोसाईटीले भुकम्प पिडिडका अस्थाई शिविरमा गएर विभिन्न जनचेतान मुलक कार्यक्रम सम्पन्न गरेका छन् । शिविर व्यावस्थापन समितिका अध्यक्ष दाउद घलेको अध्यक्षता र खानेपानी डिभिजन कार्यलय धादिङका  शिवेन्द्र झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन सत्रमा खानेपानी सरसफाई तथा डिभिजन कार्यलयका प्रमुख ईन्जिनियर सिताराम पाण्डे, युनीसेफका धादिङ प्रतिनिधि बोदनारायण श्रेष्ठ, शान्ति नेपालका ईन्द्रमान शाक्य लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विपत्तिको बेलापनि सफा राखौँ धर्ती, सधै स्वच्छ रहन प्रयोग गराँँै चर्पी भन्ने नारा सहित धादिङमा सप्ताहव्यापी अभियान सन्चालन शुरु भएको छ । अभियानको पहिलो दिन शुक्रबार भुकम्पबाट पिडित बसेका सांकोष दामगाडेमामा हात धोएर अभियानको उद्घाटन गरिएको हो  । टोलीले शनिवार आज  चर्पिको प्रयोग र पानी शुद्ध बनाउने तरिका पनि सिकाउने छ । युनीसेफ र रेडक्रसको सहयोगमा अहिले ती अस्थाई शिविरमा खानेपानी र शौचालयको निमार्ण कार्य भईरहेको छ ।