अपाङगता भएका बालबालिकाका अभिभावकलाई तालिम

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

bhagawatiधादिङ–जेठ २४, अपाङगता भएका बालबालिकाका परिवारको लागि आयोजना गरिएको एक दिने तालिम शनिवार धादिङबेसीमा सम्पन्न भउको छ । अपाङ्गता भएका बालबालिकाको भविष्य सुनिश्चित गर्न सहयोग पु¥याऊने उद्देश्यले अभिभावकहरुलाई तालिम दिईएको हो । तालिममा अपाङगता भएका बालबालिकाहरुको पारिवारिक संरक्षण, हेरचाह र पठनपाठका विषयमा छलफल गरिएको नारी जागरण केन्द्रका अध्यक्ष भगवती उप्रेतीले बताउनु भयो । विपत्तिको समयमा अपाङगता भएकाहरुले झनै बढी समस्या झेल्नुपर्ने हुन्छ । यस्तो बेलामा उनीहरुलाई मायाँ ममताको साथै विश्वासको खाँचो पर्छ । नारी जागरण केन्द्र धादिङको आयोजना तथा युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा तालिम संचालन गरिएको हो । तालिममा अपाङ्गताहरुको राष्ट्रिय र अन्तराष्ट्रिय महासन्धीका विषयमा अपाङ्गता पुनस्र्थापना केन्द्रका प्रमुख लेखनाथ आचार्यले जानकारी गराऊनुभएको थियो । तालिममा धादिङको निलकण्ठ, चैनपुर, महादेववेशी, ज्याम्रुङ र मार्पाक गाविसका अपाङ्गता भएका बालबलिकाका अभिभावकहरुको उपस्थिती रहेको थियो ।