सरोज खनालले अमेरिका बसाई अन्त्य गरे

710 पटक पढिएको

सम्पादक: Dhading News

Saroj-Khanal वाशिंगटन – नेपाली चलचित्रमा लोकप्रियताका शिखर चढिरहेकै बखत अमेरिका भासिएका नायक सरोज खनाले अन्ततः आफ्नो १७ वर्षको अमेरिका बसाई अन्त्य गरेका छन् ।

सन् १९९७ को डिसेम्बर ३ तारिखमा नेपाल बाट सुटुक्क अमेरिका आएका खनाल १७ वर्षपछि सुटुक्क नेपाल फर्कने योजना भएता पनि उनले नेपाली संस्कृति र कलालाई विदेशमा पनि सम्बर्धन र प्रबर्धनमा महत्वपूर्ण योगदान दिएकाले उको सम्मानमा एक बिदाई समारोहको आयोजना गरिएको छ ।

एनआरएन अमेरिकाको भर्जिनिया शाखाको पहलमा भएको बिदाई कार्यक्रममा उनलाई समर्पित गर्दै उनका चलचित्रका गीत, संदेश मुलक चिट्ठी, मुक्तक, राष्ट्रभक्ति तथा मन छुने प्रकारका कविता वाचन गरिएको थियो ।

बिदाई कार्यक्रम पूर्ण अनौपचारिक भएकोले झन्डै एक दशक अगाडी अमेरिका आएका गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै ईश्वर तैले रचेर फेरी किन बिगारिस गीत गाएका थिए तर उनी बिदाईमा अलिक भाबुक भएकोले आधा मात्र गीत गएका थिए ।

त्यस क्रममा गायक दासले पनि अभिनेता सरोज खनाललाई तपाई पहिला जानुस भन्दै म पनि तपाईको पछि पछि नेपाल आउने बाचा गरेका थिए ।

कार्यक्रममा मन्तब्यराख्ने अधिकांसले नेपाल फर्कने सरोज खनालको निर्णयलाई स्वागत गरेका थिए भने नेपालले वहाँलाई खोजेको छ भन्दै अन्तिम शुभकामना दिएका थिए ।

सरोज खनालले म नेपाल किन जादै छु भन्दै भाबुक हुदै कुरा राखेका थिए । म सपना बाढ्न गएको हैन, चमत्कार गर्न पनि गएको हैन । आफू अभिनय क्षत्रमा चमत्कार गर्न सक्छु भन्दै नेपाल जान लागेको तर अमेरिकामा आउने जाने क्रम जारी रहने बताए ।

उनले १ मिनेटको संदेशमुलक छोटो देशभक्ति अभिनय गरेका थिए नेपाली दुताबासका मिनिस्टर रकन्सुलर नारायण प्रसाद मैनालीले बिदाई समारोहमा छोटो मन्तब्य राख्दै कलाकारिता वहाँको क्षेत्र हो भन्दै अमेरिकामा बसेका दोश्रो पुस्ताले मन पराउने प्रकारका चलचित्र बनाउनु हुने छ भन्दै शुभकामना दिनु भएको थियो ।

बिदाई कार्यक्रममा कवि, निवन्धकार, समालोचक तथा उपन्यासकार कृष्ण धरावासीले हरेक मानिस नेपाल जादा हुन्छ ,जादा राम्रो हुन्छ भन्दै ब्यबहारले नअल्झे नगए पनि हुन्छ भन्ने विचार राखेका थिए

कार्यक्रमको सभापतित्व एन आर एन अमेरिका भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले गरेका थिए । अध्यक्ष दवाडीले सरोज खनालले १७ बर्षमा अमेरिकामा कला र संस्कृतिको लागि खेलेको भूमिका प्रति प्रशंसा गर्दै शुभकामना दिएका थिए ।