नेपालले युरोपमा ८ खेल खेल्ने

702 पटक पढिएको

सम्पादक: Dhading News

 Cricket-300x222काठमाडौं, २६ जेठ । नेपाली क्रिक्रेटले विश्व ट्वान्टी २० छनोट अगाडि तयारीका लागि युरोप भ्रमणमा खेलिने म्याचहरु र अभ्यास तय गरेको छ ।

आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वान्टी विश्वकप छनोटपूर्व नेपालले युरोमा ८ खेल खेल्न लागेको हो । क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार नेपाल र नेदरल्याण्ड्सबीच सोमबार चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने तय भएको छ ।
उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यसलाई मान्यता पनि दिएको छ ।
प्रशिक्षक पुबुदु दसानायकेले नेपाललाई आधिकारिक खेल अत्यावश्यक भएको बताउँदै आएका थिए । त्यसअघि नेपालले एक साता इल्याण्ड भ्रमणमा ४ अभ्यास खेल खेल्नेछ ।
‘प्रशिक्षक र स‌ंघबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नुपर्नेमा चिन्ता भइरहेको थियो, हाम्रो युरोप भ्रमण हुने भएपछि नेदरल्याण्ड्ससँगको खेललाई अन्तर्राष्ट्रिय मान्यता दिन हामीले आइसीसीसमक्ष अनुरोध गरेका थियौं,’ घिमिरेले भनिन्, ‘ट्वान्टी–२० अन्तर्राष्ट्रिय बरीयतामा छिर्नु हाम्रा लागि अनिवार्य भइसकेको अवस्थामा हामीले आधिकारिक म्याच खेल्न लागेका हौं ।’ कान्तिपुर दैनिकमा बिनोद पाण्डेले खबर लेखेका छन् ।

f