कल्लेरी गाविसका २ वडाका भुकम्प पिडितलाई जस्ता वितरण

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  thakali-samaj-supporting-kalleri-1धादिङ कल्लेरी–८ र ९ का भूकम्पपीडित ६० घरपरिवारलाई आइतबार जस्तापातालगायतका सहयोग सामग्री वितरण गरिएको छ । थकाली समाजका अगुवाहरुले वडा नं. ९ वृद्ध धनबहादुर नेपाली र वडा नं. ८ की वृद्धा कान्छी खतिवडालाई जस्तापाता हस्तान्तरण गर्दै सहयोग अभियानको सुरुवात गरेका थिए ।

मार्फा थकाली समाज युके र मार्फा थकाली समाज पोखराको सहयोगमा दुई वडाका ६० घरधुरी दलित तथा विपन्न परिवारलाई जस्ता उपलब्ध गराएको हो । थकाली समाज पोखराका सुशील ज्वारचनले ६० घर परिवारलाई ४०० थान जस्तापाता वितरण गरिएको जानकारी दिए ।

यसैगरी नेपाल जापान एजुकेशनल सपोर्ट फन्डले पनि सोही समारोहमा ४० घरधुरी र दुई वडाका तीन विद्यालयलाई बाल्टिनलगायतका सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष सुदर्शन खतिवडा, कोषाध्यक्ष अर्जुन खतिवडा, स्थानीय समाजसेवी जगत रेग्मी लगायतको उपस्थिति रहेको थियो ।