सन्चार मन्त्रीले नाच्दै गरेकी पत्नीको तस्बिर किन सार्वजनिक गरे ?

512 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  Minendra-Facebookकाठमाडौं, २६ जेठ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीस वर्षपहिला आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

आफूविरुद्ध आएका समाचारबाट दिक्क रिजालले पत्नीसँग नाँचेको तस्बिर आज (मंगलबार) बिहानै सार्वजनिक गरेका हुन् । समाचारबाट दिक्क भएको उनको सन्देशबाट अनुमान लगाउन सकिन्छ ।

उनले सन्देशमा भनेका छन्, ‘एउटा दुष्टात्माले म डान्स बारमा भेटियो भनी सरासर झूठ लेखेछ । यस्तो झूठ लेखन अत्यन्त निन्दनीय छ ।’

मन्त्री रिजालले अगाडि थपेका छन्, ‘साथीहरूका लागि, बरू एउटा पुरानो नाचेको तस्बिर पोष्ट गर्दैछु । तर अहिलेको होइन, वीस वर्ष पहिलेको हो । याँहा होइन, न्यूयोर्क सहरमाको ।’

उनले भनेका छन्, ‘डान्स बारमा होइन, ल्होसार पर्वमा, अरू कसैसँग होइन, आफ्नै प्यारी श्रीमतीसँग ।’

केही अनलाइन पत्रपत्रिकाहरूले मन्त्री रिजालले डान्सबारमा नाँचेको समाचार सम्प्रेषण गरेपछि उनलाई चित्त दुःखेको रहेछ । उनले समाचारप्रति असन्तुष्टि जनाउन आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सार्वजनिक गरेका हुन् ।

मन्त्री रिजालविरुद्ध आएका समाचारको सत्यता आफ्नो स्थानमा होला । तर पत्नीसँग नाँच्दै गरेको तस्बिर मुलुकको सर्वोच्च स्थानमा बसेको मन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको विषयलाई केहीले मन पराएका छैनन् ।

‘मन्त्री रिजालजीविरुद्ध सकैले लेख्योभन्दैमा भाउजु(उनकी पत्नी)को तस्बिर सामाजिक सञ्जालमा राख्नु उचित होइन’, कांग्रेसका एक केन्द्रीय सदस्यले नाम नलेख्ने सर्तमा भने, ‘मीनेन्द्र रिजालजी बौद्धिक व्यक्ति हुनुहुन्छ ।’ सौर्य दैनिकबाट