राष्ट्रपति यादव धादिङमा -बर्षा अघिनै अस्थायी बास मिलाउनु–राष्ट्रपति

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,२६ जेठ – मुलुक असहज अवस्थामा भएका बेला सबैले एक अर्कालाई सहयोग साथ दिन सक्नुनै नेपालीको सच्चा पहिचान भएको राष्ट्रपति डाक्टर रामवरण यादवले बताउनु भएको छ ।
DSC_0325बैशाख १२ र त्यस पछिका पराकम्पनले धादिङ लगायतका विभिन्न जिल्लामा पु¥याएको जनधनको क्षतिले नेपालीहरुलाई मात्रै होइन विदेशीलाई समेत निकै आघात पु¥याएको उहांले वताउनु भयो । विश्वमा बुद्धभुमि र हिमालयको देश भनेर चिनिएको नेपाललाई महाभुकम्पले ध्वस्त पारिदिंदा नेपालीहरुको बर्षौ देखिको वसोवास स्थल तहसनहस हुनुका साथै धेरै जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्दे राष्ट्रपति यादवले दुःखमा नआत्तिने नेपाली स्वभावका कारण समयमै उद्धार , उपचार, तत्कालिन राहत पुग्न नसक्दा पनि नेपालीहरुले धैर्यताका साथ आंफु माथि परेको पिडालाई मुलुकको पिडा ठानेर एक नेपालीले अर्को नेपालीलाई सहयोग गरेको उहांले बताउनु भयो । भुकम्पवाट अस्तव्यस्त वनेको समाजलाई पुर्व अवस्थामा फर्काउन सबै पक्षले हातेमालो गरेर एक अर्कामा विश्वास दिलाउंदै अघि बढेमा समाजमा केही नयाँ पन ल्याउन सकिने राष्ट्रपति यादवको सुझाव थियो ।
भत्किएका संरचनालाई पहिलेको जस्तै वनाउन तत्काल नसकिएपनि सर्वसाधरणलाई तत्काल वसोवासको व्यवस्था मिलाउनु अहिलेको लागि अति महत्वपूर्ण कार्य भएको पनि डाक्टर यादवले वताउनु भयो । बर्षा शुरु हुन लागि सकेकाले घरवार विहिन भएकाहरुलाई अस्थायीवासको व्यवस्था मिलाउन सरकारले आवश्यक तारतम्य मिलाई हाल्नु पर्ने उहांको निर्देशन थियो ।
DSC_0304भुकम्प अति प्रभावित जिल्लाहरुको स्थलगत भ्रमणका लागि मंगलवार धादिङ सदरमुकाम आईपुग्नु भएका राष्ट्रपति यादवले जिल्ला दैवि प्रकोप उद्धार समितिको तर्फवाट प्रस्तुत गरिएको कार्य बिबरण प्रति सन्तोष व्यक्त गर्दे अझै तदारुकताका साथ पिडितको सेवामा समर्पित हुन आग्रह गर्नु भएको थियो । समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले बैशाख १२ देखि अहिले सम्म भएका कार्य,राहत,उद्धार घाईते तथा मृतकहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो । समितिको वैठकलाई राष्ट्रपति यादवका साथै अर्थमन्त्री डाक्टर रामशरण महतले पनि सम्वोधन गर्नु भएको थियो ।
भुकम्प पिडितहरुको लागि सरकारले तोकेको राहत रकम बितरणमा कुनै समस्या आउन नदिने वताउंदै अर्थमन्त्री महतले जिल्लाका लागि आवश्यक पर्ने रकम गृह मन्त्रालय मार्फत माग गर्न निर्देशन दिनु भयो । राष्ट्रपतिका साथ अर्थमन्त्री महत,सभासदहरु राजेन्द्र महतो र चन्द्रदेव जोशी पनि धादिङ जिल्लाको अवस्था अध्ययनका लागि आउनु भएको थियो । सदरमुकाममा जिल्ला दैवि प्रकोप उद्धार समितिको वैठकलाई सम्वोधन गरे लगत्तै उच्चस्तरीय टोली जिल्लाको उत्तरी भेगको स्थिती अध्ययनका लागि हेलिकप्टर मार्फत सेर्तुङ गाविस पुगेर राजधानी फर्किएको थियो ।
उच्चस्तरिय भ्रमण टोलीलाई धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीका साथै सभासदहरु धनवहादुर घले,दिलमान पाख्रिनका साथै विभिन्न राजनैतिक दलका नेता, कर्माचारीहरुले स्वागत गरेका थिए ।