दुई सय साठी चेपाङ घरधुरीलाई धानको विउवितरण

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ- गजुरी, महादेवस्थान र पिडा गाउँविकास समितिको दुई सय साठी चेपाङ घरधुरीलाई धानको विउवितरण गरिएको छ । महादेवस्थान गाउँ विकास समितिको वडा नम्वर ५ रेतिखोला सामदायिक विकास समुहको १३ घरधुरी, गजुरी गा.वि.स. वडा नम्वर ३ केउरीनीमा १६ घरधुरी, वडा नम्वर ६ तार्केमा २९ घरधुरीमाशंकर धानको विउवितरण गरिएको हो ।

           यसै गरी पिडा गा.वि.स. वडा नम्वर ३ भस्मेखोलामा १८ घरधुरी, वङौतीमा १८ घरधुरी, वडा नम्वर ६ गठेडाँडामा २१ घरधुरी, प्रगतिशिलआत्मनिर्भर महिला समुहमा २२ जना, इन्द्रेणी आत्मनिर्भर महिला समुहमा १९ जना, जनचेतनाआत्मनिर्भर महिला समुहमा १८ घरधुरीलाई धानको विउ वितरण गरिएको हो । यसै गरी पिडा गा.वि.स. वडा नम्वर ८ चिउरीखर्कका ४० जना चेपाङ कृषकहरुलाई पनि धानको विउ वितरण गरिएको छ । शान्ति नेपालद्धारा सञ्चालित पोषण तथा खाद्य सुरक्षाकार्यक्रम अन्तरगत चेपाङ समुदायको आयाआर्जनमा वृद्दि गर्ने उद्देश्यले धानको विउवितरण गरिएको हो । धानको विउवितरण कार्यक्रममाधानको विउ सहयोग गर्नुको उद्देश्य, धानको व्याड राख्ने ठाउँको तयारी र धानको ब्याड राख्ने तरिकाकाविषयमाशान्ति नेपालका कृषिप्राविधिक सुरेश सिग्देल र सामुदायिक स्वास्थ्य सहजकर्ता अर्चिता उप्रेतीले सहजिकरण गर्नुभएको थियो । महादेवस्थान गाउँविकास समितिको वडा नम्वर ५ रेतिखोला, गजुरी गाउँविकास समितिको वडा नम्वर ६ अमलेमा ४५ जना र पिडा गाउँविकास समितिको वडा नम्वर ३ जरेमाभएको धानको विउवितरण मार्यक्रममा १५७जनाको सहभागिताशान्ति नेपालको सञ्चार सहायक उद्दब चेपाङले जानकारी दिनुभयो  ।