गाउँ गाउँमा जनचेतनामुलक नाटक प्रदर्शन

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0082विनाशकारी भुकम्प कारण विचलीत भएकाहरुलाई मध्य नजर गर्दै विभिन्न गाऊँ र विद्यालयमा पुगेर स्थास्थ्य क्षेत्रमा क्रियाशिल एच सी थ्री परियोजनाले जनचेतनामुलक नाटक प्रदर्शन गरेको छ ।
गत वैशाख १२ गते आएको विनाशकारी भुकम्प र त्यसपछि आएका कम्पनहरुका कारण मानसिक रुपमा आघात पुगको हुन सक्ने भन्दै उनीहरुलाई भुकम्पको त्रास कम गर्न र प्र्रजनन स्वास्थ, सरसफाई, आमा बच्चाको हेरचाहमा ध्यान दिनुपर्ने सन्देश बोकि एच् सि थ्री प्रोजेक्टले विभिन्न गाउँमा गइ खुल्ला नाटक प्रदर्शन गरेको हो ।
भुकम्प पछि गाउँमा फोहोरमैला कारण बिरामीहरु बढ्न सक्ने भन्दै उनीहरुलाई सरसफाइमा ध्यान दिन र परिवार नियोजनका बारेमा सचेत बनाउन नाटक उपयूक्त माध्यंम हुने भएकाले गाउगाउमा नाटक प्रदर्शन गरिएको एच सी थ्री प्रोजेक्टका जिल्ला संयोजक बालकृष्ण खत्रीले बनाउनुभयो । खत्रीका अनुसार भुकम्पको त्रासले विचलित भएकाहरुको अवस्था सामान्य बनाउनका लागि सूचना तथा मनोरञ्जन समेटिएको नाटक प्रस्तुत गरिएको छ । नाटक प्रदर्शनमा दर्शकहरुको उल्लासमय उपस्थिति हुने गरेको छ । उपस्थित दर्शकले भुकम्पको पीडालाई भुली आआफ्नो काममा फर्कनका लागि नाटकले उत्साह थपेको अनुभव व्यक्त गरेका छन् ।
प्रोजेक्टले नाटक प्रर्दशनबाट स्थानियहरको स्वास्थ्य र सरसफाइकोका कुराहरुमा चेतना बृद्धि हुने विस्वास लिएको छ । परियोजनाले धादिङको साङ्कोस, मुरलीभन्ज्याङ, सुनौलाबजार, धुसा , जोगिमारा, मैदी, ढोला , नलाङ , चिल्ड्रेन पार्क उच्च मावि, एड्भान्स एकेडेमी, बेनीघाट र गजुरीमा नाटक प्रस्तुत गरिएको बताईएको छ । नाटक अझै जिल्लाका केही स्थानमा प्रदर्शन गर्न बाँकि नै रहेको बताइएको छ । जनचेतना मूलक नाटक प्रदर्शनका लागि युएसआइडीको आर्थिक तथा प्राविधिक सहयोग, स्वास्थ्य तथा सूचना केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयको संयोजन रहेको छ ।