धादिङका दर्जन भन्दा बढी सहकारी खारेजीको सुचिमा

631 पटक पढिएको

सम्पादक: Dhading News

sahakariधादिङ–जेठ २८ धादिङका एक दर्जन भन्दा बढी सहकारीहरु खारेजीमा पर्ने भएका छन् । पहिलो संविधानसभालगत्तै सत्ता सम्हालेको एमओवादी नेतृत्वको सरकारले गाउँ गाउँमा सहकारी घर –घरमा भकारी नाम दिएर प्रत्येक गाविस र नगरपालीकाका वडामा सहकारी सुपथ मुल्य पसल सन्चालन गर्ने अभियान सन्चालन गरेको थियो । अभियान अन्तरगत डिभिजन सहकारी कार्यलय धादिङबाट ५२ सहकारीले सुपथ मुल्य पसल सन्चालन गर्न १÷१ लाख रुपैया लगेका थिए । तिमध्ये धेरै सहकारीले सुपथ मुल्य सपल सन्चालन गरिरहेका छन् भने केहि सहकारी खारेजीको अन्तिम प्रक्रियामा पुगेका छन् । सहकारी ऐन अन्तरगर्त नरहेका सकारीलाई खारेज लागिएको सहकारी अधिकृत कृष्णबहादुर बोहोराले बताउनु भयो । श्री उच्च आदर्श हातेमालो सहकारी मुरलीभज्याङ–३, श्री शहिद स्मृति कृषि बहुदेद्देश्यीय सहकारी बसेरी–५, श्री गंगाजमुना कृषि बहुउद्देश्यीय सहकारी मुलपानी– ८, जनमुखी कृषि बहुउद्देश्यीय सहकारी कुम्पुर ६, जयप्रयत्नशील कृषि बहुउद्देश्यीय सहकारी त्रिपुरेश्वर ३, यसैगरि जनअधिकार कृषि बहुउद्देश्यी सहकारी संस्था गोगनपानी, ३ तारेढुङगाा कृषि बहुउद्देश्यीय सहकरी संस्थाले पनि सुपथ मुल्य पसल सन्चालन गर्न १÷१ लाख रुपैँया लिएका थिए । यसैगरि सामुदायिक सन्चार बहुउद्देश्यीय सहकारी संस्था नीलकण्ठ ५, सहित बचत तथा ऋण, दुग्घ उत्पादक बहुउद्देश्यीय, कृषि, फलफुल तथा तरकारीको कारोबार गर्ने उद्देश्य राखेर डिभिजन कर्यलय धादिङमा दर्ता भएका सहकारी खारेजीमा परेका छन् । २ बर्षभन्दा बढी अवधिसम्म पनि विवरण कार्यललाई नबुझाएका सहकारीको सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम २१ दिनको म्याद दिएर अन्तिम सुचना प्रकाशित गरिसकेको सहकारी अधिकृत बोहोराले बताउनु भयो ।