विहान यी तीन काम गर्नुहोस् दिनभर सफलता मिल्नेछ

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bihanaधादिङ , जेष्ठ २९ । ।विहानको समयको व्यवस्थित गरेर पुरै दिनको इनर्जीले भर्न सकिन्छ । यसैले विहानको समयलाई राम्रो सँग सदुपयोग गर्न सके तपाई जसरी दिन विताउन चाहनु हुन्छ त्यसैगरी वित्छ । विहान उठेपछि गर्नु पर्ने त्यस्ता ३ वटा कामहरु यसप्रकार छन् ।पहिलो काम – धेरै जसो मान्छेहरु विहानमा धेरै काम गर्छन् । जस्तै– व्यायाम, मर्निङवाक, ब्रेकफास्ट, र सरसफाई आदि काम विहानै सिध्याउन चाहन्छन् । तर विहानको समयलाई साधारण तरीकाले विताइयो भने नतिजा पनि सकारात्मक देखिन्छ । ज्यादा काम गरेर दिमागमा नचाहिँदो दबाब बढ्छ । त्यसैले विहान कडा परिश्रम नगर्नु राम्रो मानिन्छ ।

दोश्रो – यस्तो काम गर्नुहोस् जस्ले गर्दा आनन्दको अनुभूति होस् । मठ–मन्दिर दर्शन, धार्मिक पुस्तकको अध्ययन, राम्रा मान्छेको अनुहार हेर्नु, मर्निङवाक, शारीरिक व्यायाम, योगा, पढाई, लेखाई, वा खाना पकाउने काममा सामेल हुनु । जुन काम गर्दा आपूmलाई आनन्दको महशुस होस् । तनाब मुक्त भइयोस् ।
तेश्रो – दिनभर काम गरेर लक्ष्य हासिल गर्न खोज्नु हरेक मानिसको इच्छा हुन्छ । चाहे त्यो काम ठूलो होस चाहे सानो । त्यसैले विहानको समयमा सानै किन नहोस राम्रो कामको शुरुवात गर्नुहोस् अप्ठेरोबाट पार हुनुहोस् । यसो गर्नाले सकारात्मक सोचको वृद्धि हुन्छ र भावनात्मक रुपले दिनमा गरिने अरु कामको लागि प्रेरणा मिल्छ ।
स्रोत – Aradioaudio com

–