अस्थाई शिविरमा बसेका भुकम्प पिडितलाई तत्काल घर फर्कन आग्रह

423 पटक पढिएको

सम्पादक: Dhading News

pppppधादिङ– जेठ २९, चितवन जिल्ला प्रशाशनले अन्य जिल्लाबाट आएर घर टहरा बनाएर बसेका भुकम्प प्रभावितहरुलाई तत्काल फर्कन आग्रह गर्दै सुचना जारी गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले चितवनमा, गोरखा लगायत आसपास जिल्लाका पिडितलाई व्यक्तिका जग्गामा राख्न थालेपछि प्रशाशनले कडाई गरेको हो । कतिपय जिल्लाबाट भुकम्प पडितहरु आफुखुशी, कुनै संघसंस्था वा राजनितिक दलको नेतृत्वमा चितवनमा आई निजि तथा सार्वजनिक जग्गामा टहरा बनाई बस्न खोजेको सन्दर्भमा जिल्ला दैवि प्रकोप उद्धार समिती तथा जिल्ला स्तरिय राजनैतिक संयन्त्रको ध्यानाकर्षण भएको चितवन जिल्ला प्रशाशनले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आफु खुशी अन्य जिल्लामा जाँदा सरकारले दिने राहत र परिचयपत्र पाउन गाह्रो हुने प्रशाशनले जनाएको छ । भुकम्प पिडितको यथार्थ संकलन गरि परिचयपत्र दिने, त्यसैका आधारमा राहत रकम भुक्तानी, जस्तापाता लगायत पुननिर्माण सामाग्री उपलब्ध गराऊने सरकारको निति छ । भुकम्प प्रभावितलाई अस्थाई आश्रयस्थल पनि सम्बन्धीत जिल्लामा नै बनाइने प्रशाशनको भनाई छ । यस्तो अवश्थामा पिडितहरु आफुखुशी अन्य जिल्लामा जाँदा सम्बन्धीत जिल्लाबाट पाउने सुविधा र सरकारले दिने दिर्घकालीन लाभबाट समेत वञ्चित हुने अवश्था आऊँछ । त्यसैले चितवनमा बसेका बेजिल्लाका पिडितलाई आ–आफ्ना जिल्लामा फर्कन प्रशाशन कार्यलयले अनुरोध गरेको छ ।