भूकम्पले क्षति पु¥याएका विद्यालयलाई सहयोग

753 पटक पढिएको

२९ जेष्ठ २०७२, शुक्रबार २१:१६ सम्पादक: धादिङ न्यूज

jastaa pataaधादिङ्ग- फन किड्स नेपाल तथा गोरखा योङ स्टार्स सोसयो कल्चरल क्लब मेघालयले भूकम्पले क्षति पुरयाएको धादिङ्ग जिल्ला ढोला गाविसका बराहकालिका उच्च मावि, बालज्योति प्राविलगायतका विद्यालयलाई करिब रु पाँच लाख ८० हजार बराबरको जस्तापाता वितरण गरेको छ । साथै ती विद्यालयलाई टेन्ट पनि उपलब्ध गराइएको छ ।

फन किड्स नेपालका अध्यक्ष डिपी अर्यालले विद्यालयमा विद्यालय भवन निर्माण एवम् विद्यार्थीका हितका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले फन किड्स नेपालको तर्फबाट रु एक लाखको छात्रवृत्ति बराहकालिका उच्च माविलाई उपलब्ध गराइने जानकारी गराउनुभयो ।

बिहीबार आयोजित सहयोग वितरण कार्यक्रममा नेपाली समुदाय तुरा मेघालयका अध्यक्ष दिलीप क्षेत्री, सचिव गुणबहादुर क्षेत्री एवम् बराहकालिका उच्च माविका प्राचार्य खड्गबहादुर श्रेष्ठले भूकम्पले सिर्जना गरेको विपत्तिमा नेपाल र भारतमा बस्ने नेपाली एकै ठाउँमा उभिएको भन्दै आपत् पर्दा सहयोग गर्नु मानवीय चरित्र भएको बताउनुभयो ।

फन किड्स नेपालले यसअघि पनि धादिङका विभिन्न ठाउँमा करिब रु १५ लाख बराबरको राहत वितरण गरिसकेको जनाएको छ ।