धादिङका पहिरो पिडित नागरिक भन्छन्, हामी पलपल मरेर बाँचिरहेका छाँै

778 पटक पढिएको

सम्पादक: Dhading News

pahiroधादिङ–जेठ ३०, पहिरोको उच्च जोखिममा रहेका उत्तरी धादिङका नागरिकहरु त्रासपुर्ण जिवन विताउन बाध्य भएका छन् । बैशाख १२ र २९ गते गएको भुकम्प र त्यसपछिका पराकम्पनले चिरा चिरा परेको जमिन बर्षा लागेपछि डाडै खस्ने भन्दै आफुहरुलाई सुरक्षित स्थानमा लैजानको लागि आग्रह गरेका छन् । आकाशमा कालो बादल खेल्न थालेपछि अब के गर्ने भन्ने चिन्ताले सताउने झार्लाङका सुन बहादुर विकले बताउनु भयो । अग्ला अग्ला पहाडको फेदमा रहेको बस्तिहरु जुनसुकै समयमा पुरिने भन्दै उनीहरुले तत्काल बसोबास सार्नका लागि सरकार सँग माग गरेका छन् । उत्तरी धादिङका लापा, रि, सेर्तुङका नागरिकहरुको सुरक्षित बास स्थानको खोजिमा सदरमुकाम नजिकै सांकोषमा आएपनि अन्य नागरिकहरु भने सोहि स्थानमा बसिरहेका छन् । कतिखेर माथिबाट पहिरो खस्ने हो र कति खेर आफु बसेको स्थान नै भासिने हो भन्ने पिरले उत्तरी धादिङको तिप्लिङ गाउँ विकास समितिका नागरिकहरुलाई सताउन थालेको छ । अग्ला– अग्ला पहाडको बीचमा जोखिम मोलेरै बस्न बाध्य भुकम्प पिडितलाई दैनिक उपभोग्य बस्तुको अभाव त छदै छ नी त्यो भन्दा पनि बढी आफु बसेको जमिनै बगेर जानेहोकी भन्ने चिन्ता छ । माथि तिर फर्केला हेर्दा टोपि नै खस्ने अग्ला पहाडहरुबाट निरन्तर पहिरो झरीरहदा उनीहरु पलपल झस्कीरहेका छन् । बस्ती छेउकै बर्षा पुरानो पहिरोबाट बर्षेनी जोखिम मोलेरै बसीरहेका स्थानीयलार्य यस पटक भुकम्प र त्यसपछि उत्पन्न परिस्थतीले झनै त्रसित बनाईदिएको छ । उत्तरी धादिङको लापा , रि, दार्खा, तिप्लिङ, सेर्तुङ लगायत गाउँ विकास समितिका बासिन्दाहरुको पिडा पनि उस्तै छ । भुकम्पको कारण गएका सुख्खा पहिरोले गाउँघर पुग्ने कच्चि सडक विगारेपछि अहिले मानिसहरुलाई छिमेकी गाविसमा आवत जावत गर्न पैदल हिड्न कठिनाई भएको छ । नागरिहरुले बर्षा अगावै आफुहरुको सुरक्षित बास स्थानको खोजि गरिदिन सरकारसँग माग गरेका छन् ।