भूकम्प प्रभावित ७ जिल्लामा असार १४ देखि परीक्षा

516 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)काठमाडौं,  -उच्च माध्यामिक परिषदले भूकम्पबाट अतिप्रभावित सात जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ ।

अन्य ६८ जिल्लामा भने १२ कक्षाको परीक्षा आइबार सकिएको छ भने ११ कक्षाको परीक्षा मंगलबारदेखि सुरु हुँदैछ ।

भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा भएको थिएन ।

परिषदले आइतबार सात जिल्लामा परीक्षाको मिति तोकिएको हो ।परीक्षामा १९ हजार एक ९६ जना परीक्षार्थीको सहभागिता रहनेछ ।

कक्षा ११ को परीक्षा असार २४ गतेदेखि सुरु हुने भएको छ । कक्षा ११ को परीक्षामा २१ हजार ५५८ जना परीक्षार्थीको सहभागिता रहनेछ ।