नेपाली खेलकुद इतिहासमा पहिलो पटक महिला सदस्य–सचिव

932 पटक पढिएको

१ असार २०७२, मंगलवार ०६:२३ सम्पादक: धादिङ न्यूज

Sakuntala-Nagarkoti_20150615054159काठमाडौँ, – नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन्।

विसं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मि नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन्।

आज उनले पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“खेलकुदलाई माथि उठाउनका लागि खेलकर्मी, खेलसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठन, राजनीतिक दलका नेता सबै एकजुट भएर लाग्नुपर्छ” – सदस्य–सचिव नगरकोटी भन्छन् ।

उनले भूकम्पका कारण अस्तव्यस्त भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तोकिएको समय आगामी असार ५ गते नै सञ्चालन हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सदस्य–सचिव नगरकोटी विसं २०४६ मा कबड्डी र भलिबल खेलकी राष्ट्रिय खेलाडी थिए । विसं २०५१ देखि खेलसँग सम्बन्धित विभिन्न खेलकुद सङ्घमा पदाधिकारीका रुपमा रही काम गर्नुभएको छ । हाल उनी नेकपा (एमाले) डडेल्धुराको उपसचिवसमेत हुन् ।

त्यस्तै राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले सदस्य–सचिव नगरकोटीलाई सफलताको शुभकामना दिँदै अहिलेको टिममा एकता भएको हँुदा खेलकुद क्षेत्रको विकासमा कुनै कमी नरहने भनाइ व्यक्त गरे ।