कति छ नेपालका सम्पादक र पत्रकारहरुको तलब ? 

1060 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

newspapers काठमाडौँ ।  पत्रकारले दशहजार तलब नपाएका समाचार पटकपटक आउँछन् । २० वर्षअघि जारी भएको श्रमजीवी पत्रकार कानुनका बारेमा खुबै चर्चा पनि हुन्छ । पत्रकार महासंघको विवरणअनुसार देशभरि अहिले १२ हजार पत्रकार छन् । तीमध्ये मुस्किलले एकहजार पत्रकार मात्र होलान् जसले नियमित रुपमा १० हजारभन्दा धेरै तलब पाउने गरेका छन् ।

तर, नेपालमा केही औंलामा गन्न सकिने सम्पादक छन् जसको मासिक तलब महिनामा लाख रुपैयाँभन्दा धेरै । नेपालका झन्डै दर्जनसम्पादक मासिक रुपमा डेढलाख माथि कमाउँछन् । महिनामा डेढ लाखमाथि कमाउनेहरुमा बीबीसीका रविन्द्र मिश्र, कान्तिपुरका सुधीर शर्मा, काठमाडौं पोष्टका अखिलेश उपाध्याय, सेतोपाटीका नारायण वाग्ले र अमित ढकाल, खोज पत्रकारिताका शिव गाउँले, राष्ट्रपतिका सल्लाहाकार राजेन्द्र दाहाल र मिडिया कन्सल्ट्यान्ट विनोद भट्टराई, रघु मैनाली, नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रतिक प्रधान पर्छन् ।

यीमध्ये कतिले कर नतिर्ने गरी मालिकबाट मासिक रुपमा तलब बुझ्ने गर्छन् । एक लाखदेखि डेढ लाखसम्म महिनामा तलब खानेहरुमा अन्नपूर्ण पोष्टका युवराज घिमिरे, नागरिकका गुणराज लुइँटेल, द हिमालयन टाइम्सका प्रकाश रिमाल,हिमालका किरण नेपाल, नेपालका प्रशान्त अर्याल, कान्तिपुरका हरिबहादुर थापा, साप्ताहिकका सुवास ढकाल, रिपव्लिकाका सुवास घिमिरे, नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा पर्छन् ।

यसैगरी कान्तिपुर टेलिभिजनबाट सरुवा गरिएका तीर्थ कोइराला, हालका समाचार प्रमुख दिलभुषण पाठक र उज्यालो रेडियोका गोपाल गुरागाइँ पनि महिनामा लाख माथि तलब खानेमा पर्छन् । विभिन्न कार्यक्रम बनाएर वा टिभी कार्यक्रम उत्पादन गरेर पनि महिनामा लाख माथि कमाउनेहरु छन् । जापानी टिभीका नेपाल संवाददाता लक्ष्मण उप्रेती, प्रशिक्षक मोहन मैनाली, समकोण कार्यक्रमकी निर्मला शर्मा, साझा सवालका दीपक भट्टराई र कार्यक्रम सञ्चालक विद्या चापागाइँको पारिश्रमिक पनि महिनामा लाख माथि रहेको बताइन्छ । यसैगरी कारोबारका सञ्जय न्यौपाने र आर्थिक अभियानका मदन लम्साल पनि महिनामा लाख बुझ्ने सम्पादकहरु हुन् ।

महिनामा ५० हजारदेखि १ लाखसम्म कमाउने पत्रकारहरुको संख्या झन्डै एक सयभन्दा माथि रहेको बताइन्छ । समाचारपत्रका सम्पादक पुष्करलाल श्रेष्ठ, राजधानीका राजन शर्मा, हिमालय टाइम्सका सम्पादक उज्जवल शर्मा, कान्तिपुरका फोटो पत्रकार विकास रौनियारलगायतको मासिक तलब ५० हजार माथि छ । यसैगरी कार्टुनिष्टहरु दुर्गा बराल, रविन सायमी, अविन पनि राम्रो तलबमा काम गर्छन् ।

अन्नपूर्ण पोष्टका बासु क्षितिजको कमाई पनि राम्रो छ । कान्तिपुर र काठमाडौं पोष्टमा मात्रै झन्डै ३० जनाको तलब झन्डै ५० हजार माथि रहेको बताइन्छ । हिमाल र नेपालका कतिपय संवाददाता पनि यो वर्गमा पर्छन् । भर्खरै खुलेका अनलाइनहरुले पनि आफ्ना संवाददातालाई राम्रो तलब दिएर राखेका छन् । अनलाइनखबर, रातोपाटी डटकम, सेतोपाटी, पहिलोपोष्ट, सञ्चारिका अनलाइनले संवाददातालाई राम्रो तलव दिएका छन् । साघु साप्ताहिक