एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का

516 पटक पढिएको

सम्पादक: Dhading News

ktm-Bhukampa-650x361

काठमाडौँ, २ असार । बुधबार एकाबिहानै काठमाडौँमा भूकम्पको  धक्का महसुस गरिएको छ ।

बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौँलाई नै केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौँमै केन्द्रबिन्दु भएका कारण भूकम्पको धक्का महसुस गरिएको थियो । अहिले काठमाडौँका बासिन्दा घरबाहिर निस्केका छन् ।

यसअघि मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।