रेखा थापा र आफ्नो बारेमा गलत प्रचार नर्गन प्रकाशको आग्रह

327 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डु, २ जेठ– पुष्प कमल दाहालका पुत्र प्रकाश दाहालले केही अनलाइन मिडियाले आफू र नायिका रेखा थापाको सम्बन्धको बारेमा गलत प्रचारबाजी गरेकोभन्दै आपत्ति जनाएका छन् ।  उनले आफ्नो फेसबुकमा स्टयाटस पोष्ट गर्दै आफ्नो रेखासँग पवित्र नाता भएको लेखेका छन् । उनले रेखासँग आफ्नो अनैतिक सम्बन्धको प्रमाण देखाउन चुनौती दिएका छन् । साथै प्रकाशले आफ्नो र रेखाको बारेमा निचमार्फत गलत समाचार सम्प्रेषण नगर्न आग्रहसमेग गरेका छन् ।रेखा थापासँग दाहाल परिवारको छोरीको रुपमा र आफ्नो बहिनीको रुपमा सम्बन्ध रहेको भन्दै प्रकाशले सम्बन्धको बारेमा गलत प्रचारबाजी गरेकोमा आपत्ति जनाएका हुन् ।