ज्वाइँलाई जेल पठाएर छोरीनाति बिक्री
439 पटक पढिएको
जनकपुरधाम,असार ३ – नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन् । चिकित्सकले दुई तीन दिनमै बच्चा हुन सक्छ भने पनि घरमा आराम गर्नुको साटो चर्को घाममा प्रहरीकहाँ आइपुगेकी सुशीलाले आफ्नै आमाबाबुलाई लगाएको आरोपले झस्काउँछ । आर्थिक लोभका कारण आमाबाबुले छोरासहित आफूलाई अर्कैको हातमो बेचेको भन्दै उनले प्रहरी गुहारेकी हुन् ।
धनुषा रधुनाथपुर–८, माइत भएकी सुशीलाको आरोप छ – बुबा मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले मसँग सापटी लिएको तीन लाख रुपैयाँ पचाउन उल्टै मलाई नै दुई वर्षको छोरासहति ४० हजारमा बेचे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।